ताजा समाचार

कपिलवस्तुमा ब्राउन सुगर कारोबारी र सेवनकर्ता पक्राउ

  • कार्तिक १४, २०८१
  • ७५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर (कपिलवस्तु) १४ कार्तिक कपिलवस्तुको कृष्णनगर बसपार्कबाट १ जना लागू औषध ब्राउन सुगर करोबारी र २ जना सेवनकर्ता पक्राउ परेका छन । लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय कृष्णनगरको संयुक्त टोलीले कृष्णनगर नगरपालिका २ बस्ने ३२ वर्षीय लवकुश भुजलाई १ सय ५१ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रहरीले भुजको कोठामा लुकाइ राखिएको चार थान तराजु र दुई थान मोबाइल बरामद गरेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहन मणि अधिकारीले जानकारी दिनुभयो । अनुसन्धानका क्रममा ब्राउन सुगर खरिद गर्न आएका थप दुई जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो । जिल्लाको बुद्धभुमी नगरपालिका २ बस्ने वर्ष २८ का महेश थारु र बाणगंगा नगरपालिका १ बस्ने वर्ष २४ का बिपुल थारु पक्राउ परेका छन । उनिहरुको साथबाट रु ९०,००० नगद र एक थान मोबाइल फेला परेको छ । उनीहरूलाई कपिलवस्तु जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मोहन मणि अधिकारीले जानकारी दिनुभयो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

गोपाल सेवा सदन लहानद ...

ओम प्रकाश यादव, लहान, कार्तिक ७ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभोपलक्ष्यमा गोपाल सेवा सदन ...

नरहा १ मा जसपा नेपाल ...

ओम प्रकाश यादव लहान कार्तिक ७ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका वडा नं. ...

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤