पत्रकार सम्मेलन मार्फत वास्तविकता बुझ्न नगरवासी तथा संचारकर्मीलाई आग्रह

  • कार्तिक १२, २०८१
  • ९३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल  कार्तिक १२  लहान नगरपालिका-१० बाट सुरु भएका खुट्टी नहर ६० वर्ष भन्दा पहिले खनिएको सबैलाई सर्वविदितै छ। यस नहरबाट हाल सम्म सिंचाई सुरु नभएको सबैलाई अवगत नै छ। दुई वर्षअघि खुट्टी खोलामा हेडवर्क निर्माण भएको छ । जानकारी अनुसार मधेस प्रदेश सरकारको सिंचाई कार्यालय सिरहाबाट निमर्माण भएको हेडवर्क देखि खेत सम्मको सरचना बनाउने योजना थियो। तर, हेडवर्क र ग्रामीण चौकदेखि पश्चिमको नहरमा जे. एस. क्याम्पस अगाडी कल्भर्ट निर्माण बाहेक अरु काम अगाडी बढेको छैन । के, कति कारण बाँकी काम भएन त्यो खोज्नुपर्ने विषय हो ।

नहर खनिएपनि ६० वर्ष किसानले सिंचाई सुविधा पाएनन। नहर पनि अलपत्र नै रहयो । पूर्व मेयर मुनी साहजीको पालामा नहरमा पक्की संरचना बनाउने कार्य सुरु भएको थियो। दुर्भाग्यबस के, कति कारणले योजना भत्कियो । योजना असफल जस्तै भयो। पानी सञ्चालन नभएको अवस्थामा नहर फोहोर थुपार्ने थलो मात्रै बन्दै थियो ।

हामी निर्वाचित भएर आइसकेपछि नहरमा असफल भएको योजनालाई सिकाईको रुपमा लिंदै किसानलाई पानी सहज रुपमा पुऱ्याउने उद्देश्यले विभिन्न पक्षसँग सल्लाह सुझाव लिई बजार एरियामा अन्डर ग्राउण्ड गरेर पानी बगाउने योजना कार्यान्वयन गर्ने थालनी गरियो। खेती हुने ठाउँमा नहर पहिलाकै अवस्थामा रहने र बजार एरियामा अन्डर ग्राउण्ड गर्दा किसान र बजारको समस्या समाधान हुने विश्वास लिएका छौ। घरको पानी व्यवस्थित गर्न नाला निर्माण गर्ने योजना बनाएका छौं ।

तर, पछिल्लो केही व्यक्तिहरुले किसानलाई अप्ठयारो हुने भन्दै आन्दोलन गराउन तल्लिन देखिएको छ । त्यो सबै पक्षलाई म वार्ता, सहमति र सहकार्यको माध्ययमबाट अगाडी बढ्न आह्वान गरेको छु । किसान, गरिब, दलित मजदुर शिक्षा, स्वास्थ्य र पूर्वाधारमा सधैं विकास गर्ने लक्ष्य लिएका छौं। प्राविधिकले दिएको जानकारी अनुसार हेडवर्कको लेभलमा नहरलाई पुल्याउन नहर अझै १५/२० फिट गहिरो बनाउनुपर्ने हुन्छ। जसबाट करोडौंको धनजनको क्षति हुने देखिन्छ । जस्तै, ग्रामीण चौकको शिव मन्दिर, कल्भर्ट लगायतको संरचनाहरु छ।

हामीले ग्रामीणदेखि पश्चिमबाट नहरको पानी बगाउँदा वडा-१०११,१२ र २२ को किसानलाई पानी सहजै पुऱ्याउन सक्छौं । ट्राफिक चौकदेखि भवरा दहको नहरलाई व्यवस्थित गर्दा वडा-२, १९, २३, २०, २१ मा पानी पुन्याउन सक्छौँ। तसर्थ समस्या समाधानका लागि विकल्पहरुमा जानु उत्तम हुने हाम्रो विश्वास छ। पुनः म आन्दोलनमा लागेका व्यक्ति, राजनीतिक दलका अगुवा, सचेत स्थानीयवासीसंग आग्रह गर्न चाहन्छु। वार्ता, सहमति र सहकार्यचाट विवाद समाधान गरौं। विकासमा सहयोग गरौं।

प्रतिक्रिया दिनुहोस

पुल निर्माणको पहल : ...

लहान फागुन ६ । शिव उदगार यादव (शिवा), अध्यक्ष नवराजपुर गाउँपालिका, ले वडा नं. १ तामासुईया गाउँको उत् ...

प्रहरी चौकी पथलैयाका ...

रंजित चौरसिया,वीरगंज ६ फागुन । प्रहरी चौकी पथलैयाका ईन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक रुपेश थपलिय ...

सुरुङ्गा–७ हरिपुरमा ...

लहान, फाल्गुन ५ । आसन्न निर्वाचन २०८२ लाई लक्षित गर्दै Nepali Congress का प्रतिनिधि सभा सदस्य उम्मेद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१