ताजा समाचार

महिला जनशक्ति विकास केन्द्रद्वारा शैक्षिक सामग्री वितरण

  • कार्तिक १२, २०८१
  • ९३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी, १२ कार्तिक । महिला जनशक्ति विकास केन्द्र सुरुङ्गाले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ४ कदमाहामा रहेको महिला जनशक्ति विकास केन्द्रले सुरुङ्गा नगरपालिका वडा नं.९ मा रहेको जनता आधारभूत विद्यालय परमाणपुरमा अध्ययनरत ३ सय जना विद्यार्थीहरुलाई कपि र कलम वितरण गरेको छ । महिला जनशक्ति विकास केन्द्रले उक्त विद्यालयलाई सरसफाई सामग्री समेत वितरण गरेको छ ।

विद्यालयलाई कुचो, हर्पिक, ब्रस, फिनेल, मग, डस्टबिन, बाल्टिन, साबुन लगायतका सामग्री हस्तान्तरण गरिएको केन्द्र अध्यक्ष पुनम यादवले जनाएको छ । महिला जनशक्ति विकास केन्द्रले सरसफाइ सामान हस्तान्तरण गर्ने क्रममा विद्यालय हाताको साथै विद्यालयको वरिपरि सरसफाइ समेत गरेको थियो । उक्त क्रममा महिला जनशक्ति विकास केन्द्रले वितेको विजयादशमी, आउने दिपावली तथा छ्ठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम समेत गरेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिदेव चौधरीको अध्यक्षता तथा जनमत पार्टीका कार्यकारिणी समिती सदस्य ममता झा को प्रमुख आतिथ्यतामा सम्पन्न भएको केन्द्रका अध्यक्ष पुनम यादवले जनाएको छ ।

कार्यक्रम विशिष्ट अतिथिको रुपमा थारु जनमत महिला संघका प्रदेश अध्यक्ष मंजु चौधरी र थारु जनमत महिला संघका जिल्ला अध्यक्ष रेखा मण्डल, अतिथिको रुपमा केन्द्रका उपाध्यक्ष चन्द्रीका राम, सचिव रुवि राम, कोषाध्यक्ष संजु महरा, वडा अध्यक्ष सन्त कुमार यादव, पुर्व प्रअ श्याम सुन्दर यादव, वर्तमान प्रअ जीवन कुमार चौधरी, शिक्षिकाहरु लक्ष्मी चौधरी, प्रमिला चौधरी लगायतको रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य शिक्षक ईन्द्रनारायण चौधरीले राखेको थियो भने कार्यक्रम संचालन शिक्षक विश्वनाथ यादवले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤