रहमुल लहान २९ असोज। सप्तरीको बोदेबर्साइन नगरपालिकामा हिजो छैठो मेयर गोल्डकप फुटवल प्रतियोगिता संघिय सांसद युवा तथा खेलकुद मन्त्री माननीय तेजुलाल चौधरी द्वारा उदघाटन भएका छन।वडादशैँ , दीपावली तथा छठ पर्वको उपलक्ष्यमा नगरपालिकाको आर्थिक सहयोग तथा बोदे बरसाईन युवा समाजको आयोजना गरिएको छैठौं मेयर गोल्डकप फुटवल प्रतियोगिता २०८१ आइतबारका दिन खेलको उद्घाटन भएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले पर्यटन प्रवर्द्धनका निम्ति यो फुटबल प्रतियोगिता उपयोगसिद्ध हुने धारणा राख्नु भएको हो ।उद्घाटन कार्यक्रममा बिशिस्ट अतिथिहरुमा राष्ट्रिय सभा सदस्य एवं पूर्व कृषि तथा सहकारी मन्त्री मृगेन्द्र कुमार सिंह यादव , नेपाली काग्रेसका संविधान सभा सदस्य सुरेन्द्र प्रसाद यादव , बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह , उपप्रमुख रेणु कुमारी साह , नगरपालिकाका जनप्रतिनिधि , वडा अध्यक्ष, जसपाका केन्द्रीय सदस्य महिला नेत्री डा. बबि सिंह यादव ,नेता दिपेन्द्र कुमार यादव, सुरक्षा निकायका प्रतिनिधिहरु विभिन्न पार्टीका राजनैतिक कर्मी ,कर्मचारी , व्यापारी, बुद्धिजीवी,पत्रकार,महिला तथा स्थानीयको बाक्लो उपस्थित रहेको थियो।

चन्द्रा नमूना मा. बिधालयको शिक्षक जीतेन्द्र प्रसाद गुप्ता द्वारा संचालित कार्यक्रममा निज बाटै खेलाडीहरु एवं पाहुना दर्शकहरु लाई शब्दद्धारा स्वागत गरिएको थियो । प्रतियोगिताको उद्घाटनमा माउन्ट एभरेस्ट बो. स्कुलका बिद्यार्थीहरु द्वारा खेलाडीहरु ,सम्पूर्ण अथिति तथा दर्शक महानुभावहरुलाई स्वागत गरिएका थिए। बोदे बर्साईन युवा कर्मचारी समाजको सहकार्यमा तथा खेलकुद समितिका अध्यक्ष बिमल कुमार यादवको अध्यक्षतामा भएको पहिलो उद्घाटन खेल बेङ्खाडी युवा क्लब महोत्तरी र दुधौली स्पोर्ट्स क्लब सिन्धुली बीच भएको खेलमा महोत्तरीले ० का विरुद्ध ०२ गोलको अन्तरले महोत्तरी टिमले सानदार जित हात पारेको थियो। जिल्ला तथा प्रदेशबाट राष्ट्र तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु यतीखेर श्री चन्द्रा नमूना मा बिधालयको खेलमैदानमा देखिएका छन् । आयोजक समितिका अनुसार खेल प्रतियोगितालाई हेर्न जिल्लाका विभिन्न भाग लगायत छिमेकी जिल्लाहरुबाट समेत उल्लेखिय संख्यामा दर्शकहरुको भिडलागेका छन र पछि अझ दर्शकहरुको भिड लाग्ने अनुमान गरिएको छ।



प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved