सप्तरी: रुपनी गाउँपालिकामा करार कर्मचारी भर्ना प्रक्रियामा अधिकृतदेखि जनप्रतिनिधिको हावी

  • असोज ११, २०८१
  • १०७२ पटक पढिएको
  • रहमुल
alt

विष्णुदेव सरदार सिराहा/११ असोज । करार कर्मचारीको भर्नालाई लिएर सप्तरीको रुपनी गाउँपालिका विवादित बन्दै गएको छ। भर्खरै बुधबार रुपनी गाउँपालिकाको कार्यालयले एक सुचना प्रकाशित गर्दै ३ जना आसेपासेको नाम उतीर्ण सफल उम्मेदवारको रुपमा नतिजा प्रकाशन गरिएको थियोे । जोकि, सफल उम्मेदवार हुनेहरुमा प्रमुख प्रशासकीय अधिकृत तारणी प्रसाद यादवका भतिजो - एम.आई. एस. अपरेटर इन्द्र देव यादव ( रुपनी- १ ), कृषि स्नातक रुपनी- ६ का ओमसागर यादव त्यसैगरी रुपनी गाउँपालिका -६ का रोजगार सहायक निरज प्रसाद साह सफल भएका हुन् । जोकि,सबै सफल उम्मेदवारहरु प्रमुख प्रशासकीय अधिकृत तारणी प्रसाद यादव, गाउँपालिका अध्यक्ष दिनेश यादव, उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगीकी आफन्तहरु रहेको बुझिएको छ।

फोन मार्फत अधिकाँश उम्मेदवारहरुले आक्रोश पोखोल्दै नाम नखोलि दिने शर्तमा बताएको छ। उनीहरू भन्छन् यदि पहिला नै सबै सेटिङ्गकै भरमा, आसेपासे, आफन्त , नातेदारलाई नियुक्त दिनु थियोे भने, विज्ञापन किन खुलाएको हो ? आँफै प्रश्नपत्र बनाउने , आफैं अन्तर्वार्ता कम्प्युटर परिक्षण गरेर हामीलाई असफल बनाउने । हाम्रो पैसा फिर्ता दियोस् , हामीलाई पुनः परिक्षामा सम्मेलित गरियोस् । तत्काल हामी मान्न तयार छैनौं । यो सँगै , २०७९/ चैत १३ गते तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरीले(१) कृषि स्नातक प्राविधिक -१, (२) पशु स्नातक प्राविधिक ( भेटेरिनरि डाक्टर ) - १ , (३) सुचना प्रविधि अधिकृत -१ (४) रोजगार सहायक -१ (५) एम. आई. एस. अपरेटर -१ जना गरि जम्मा ५ ओटा पदका लागि विज्ञापन खुलाइएको थियो ।

विज्ञापन खुलि सकेपछि अधिकाँश उम्मेदवारले विज्ञापन फार्म भर्दै कृषि स्नातक सहायकमा - १२ जना, सुचना प्रविधि अधिकृतमा -१४ जना , रोजगार सहायकमा-४४ जना , र एम. आई. एस. अपरेटरमा-२९ जना गरि जम्मा ९९ जनाले लिखित परिक्षामा उतीर्ण भएको थियोे । तर, लिखित , अन्तर्वार्ता कम्प्युटर सीप परिक्षणमा कम अङ्क प्राप्त गर्ने उम्मेदवारहरुलाई अनुत्तीर्ण गरिएको बुझिएको हो । यता, नियुक्ति दिने हाल रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारणी प्रसाद यादवलाई मो. ९८५२८२२१२३ मा बुझ्दा हाम्रो कुनै उम्मेदवारसित सेटिङ्ग नरहेको बताउँदै , भने- सफल ( उतीर्ण ) उम्मेदवारहरुमा मेरो कुनै आफ्नो भतिजो नरहेको बताए । उनले भने- यो विज्ञापन मैले खुलाएको पनि होइनन् तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरीले खुलाएको थियोे । कर्मचारी अभावका कारण मैले सहजीकरण गरि नियुक्ति पत्र दिएको र सबै कागजातहरुको ढाँचा,विवरणहरु जिल्ला प्रशासन कार्यालय सप्तरी पठाई दिई सकिएको बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज २४ मंसिर। नेशनल मेडिकल कलेज प्रा.लि. तथा नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा स ...

श्रम संस्कृति पार्टी ...

रहमुल,लहान २४ मंसिर। श्रम संस्कृति पार्टीले सिरहाको कल्याणपुरमा संगठन विस्तार र जनसंपर्क सुदृढीकरण ...

दलित विकास मञ्च, सिर ...

संजय महरा सिरहा मंसिर २४  । दलित विकास मञ्च, सिरहाले १६ दिने लैङ्गिक हिंसा दिवसकेा अवसरमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१