Siraha Times
ताजा समाचार

उपाध्यक्ष मशहूदले मदरसाको समस्याबारे शिक्षा मन्त्री लाई दिए ज्ञापन पत्र

  • असोज ११, २०८१
  • ९७२ पटक पढिएको
  • रहमुल
alt

काठमाडौँ, असोज १२  लुम्बिनी मदरसा बोर्ड नेपालका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले केन्द्रीय शिक्षामन्त्रीसँग महत्वपूर्ण भेटघाट गरेका छन्। सो भेटघाटमा उनले शिक्षामन्त्रीलाई मदरसाहरूको समस्या र समाधानका लागि विस्तृत ज्ञापनपत्र पेश गरेका छन्। मौलाना मशहूद खान नेपालीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई लाई भेटेर मदरसाहरूको विविध समस्याहरू जस्तै पाठ्यक्रमको व्यवस्थापन, शिक्षकहरूको तलब, मदरसाहरूको पूर्वाधार, र छात्रवृत्ति जस्ता विषयहरूमा विस्तृत छलफल गरे।  मदरसाहरू नेपालको शैक्षिक प्रणालीको एक महत्वपूर्ण हिस्सा हुन् र उनीहरूको समस्यालाई समाधान गर्न सरकारले गम्भीर कदम चाल्नुपर्ने बताए मशहूदले आफ्नो धारणा राखे।

शिक्षामन्त्रीले मौलाना मशहूद खान नेपालीले ध्यानाकर्षण गराएका बिषयमा  सकारात्मक प्रतिक्रिया दिँदै सरकार मदरसाहरूको समस्याको समाधानका लागि व्यावहारिक कदम चाल्ने आश्वासन दिनुभयो।  मदरसाहरूको सुधारका लागि सरकारले सकेसम्म सहयोग गर्न तयार छ र यस सन्दर्भमा एक विशेष समिति गठन गरिनेछ जसले ती समस्याको समाधानका लागि सिफारिस तयार गर्नेछ। मौलाना मशहूद खान नेपालीले बजेट वृद्धिको विषयलाई पनि उठाए र यसमा सन्तोष व्यक्त गर्दै यथार्थ आवश्यकतालाई ध्यानमा राखी अझै बजेट वृद्धिको आग्रह गरे। स्पष्ट छ कि मौलाना मशहूद खान नेपालीको प्रयासबाट यसपटक सरकारले दुई लाख ४१ हजारलाई बढाएर तीन लाख पुर्याएको छ, त्यसैगरी पाँच कक्षादेखि माथिका लागि आठ लाख र त्यसभन्दा माथिका लागि १८ लाख पुर्याइएको छ। उनले यो रकम अपुग भएको बताउँदै यसमा अझै वृद्धि गर्न आग्रह गरे। साथै मदरसाहरूको स्वतन्त्रता पनि कायम राख्न अनुरोध गर्दै मदरसाहरूको पाठ्यक्रमलाई आधुनिक आवश्यकता अनुसार समायोजन गर्नका लागि धार्मिक विद्वान्हरूसँग र शैक्षिक विशेषज्ञहरूसँग सल्लाह सुनिश्चित गर्नुपर्ने बताए।

यो भेटघाट मदरसाहरूको भविष्यका लागि एक महत्वपूर्ण कदम साबित हुन सक्छ र यसबाट मदरसाहरूको विकास र तिनको शैक्षिक स्तरमा सुधारको अपेक्षा गर्न सकिन्छ। यस अवसरमा राष्ट्रिय मदरसा संघ नेपालका उपाध्यक्ष शेख जैश मक्कीको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

कमला पुलको दुरावस्था ...

सिरहाटाइम्स लहान जेष्ठ ३० । मधेस प्रदेशको आर्थिक समृद्धि, व्यापारिक गतिविधि तथा जनजीवनलाई गति दिने म ...

​सडक मर्मतको माग गर् ...

​जेठ २९, उदयपुर । ​चुहाडे–जलजले सडक खण्डमा दैनिक रूपमा सञ्चालन हुँदै आएका टिप्परहरूलाई स्थानीय ...

दुई ढुंगाबीचको तरुल ...

​विनोद अविरल पश्चिम नवलपरासी, जेठ २९ । ​"नेपाल र भारत दुई ढुंगा हुन् भने हामी सुस्ताबासी त्यसको बीचम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१