ताजा समाचार

जितिया पर्वको शुभकामना आदानप्रदान लहानमा

  • असोज ६, २०८१
  • १०८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ६ असोज हिन्दु महिलाहरुकाे महान पर्व जितियाकाे अवसरमा लहान नगरपालिकाद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम हजारौं महिलाहरुकाे उपस्थितिमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिकाे रुपमा मधेस प्रदेश सांसद माननीय ललिता दास, विशिष्ट अतिथिमा जिल्ला समन्वय समितिका सभापति दिनेश महताे, लहानका मेयर महेश चौधरी, प्रमुख प्रशासकीय अधिकृत जयकान्त झा, अतिथिहरुमा वडा अध्यक्ष बद्री चौधरी, श्याम अधिकारी, सुर्य नारायण चौधरी, गणेश चौधरी, घुरण चौधरी, तेजनारायण चौधरी, रासलाल राय, रामअवतार शर्मा, कार्यापालिका सदस्य, सामाजिक संस्थाहरुकाे प्रतिनिधि, वडासदस्यहरुकाे उपस्थिति थियाे । उपमेयर रामचलितर महताे सभापतित्वमा कार्यक्रम भएको पत्रकार सितल साहले जनाएका छम।

आजको कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरमा सम्मानित भएको रिता महताेलाई सम्मान गरिएको छ । यस्तै लाेकसेवा पास भएकी रिना विश्वकर्मा, साँस्कृतिक नृत्य प्रस्तुत गरेकाहरुलाई सम्मान समेत गरेका पत्रकार साहले जनाएका छन् । सदाय समुदायका युवतिहरुले झिझियाँ र थारु समुदायका युवतिहरुले जितियाँ पर्व गितमा साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । साँस्कृतिक कार्यक्रमले आपसी सदभावमा बढ्ने वक्ताहरुले जनाएका थिए। हालको अबस्थालाई हेर्दा मेयर महेश प्रसाद चौधरी नेतृत्वको स्थानीय सरकारले हरेक बिषयबस्तुलाई समेट्दै सम्पुर्ण नगर बासीको मन जित्दै अगाडी बढिरहेको प्रष्ट देख्न सकिन्छ र हरेक स्थानीय निकायले यसको सिको गर्न जरुरी रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤