ताजा समाचार

कामाख्याको भुमीमा कमला बचाउ अभियानको चर्चा

  • असोज १, २०८१
  • ११०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम असोज १ गते ।आज १६ सेप्टेम्बर अर्थात बिश्व ओजोन दिवसको अवसरमा भारत राज्यको आसाम गुवाहिटीमा पनि ओजोन दिवस मनाईएको छ । असाम सरकार प्रदुषण नियन्त्रण बोर्ड असाम तथा कमला बचाउ अभियानको संयुक्त आयोजनामा एवं जगतगुरु गोवर्धनपुरी शंकराचार्य परम पुज्य स्वामी श्री अधोक्षजानंद देवतीर्थ जी महराजको सान्धियमा उक्त कार्यक्रम भएको हो । भेटनरी क्लेज ग्राउन्ड खानापारा गुवाहिटीको खेल मैदानमा भएको उक्त कार्यक्रममा पर्यावरण मन्त्री चन्द्र मोहन पटवारी ,श्रम मन्त्री संजय किस्सन प्रदुषण बोर्डका अध्यक्ष डा.अरुप कुमार मिश्रा ,सदस्य सचिब डा.शान्तानु कुमार दत्त असाम गोहाटीका पर्यावरण प्रेमी, प्राध्यापक, शिक्षक छात्र छात्रा तथा गणमाण्य ब्यक्तिहरुको सहभागी रहेको थियो । नेपालको प्रतिनिधित्व गर्दै कमला बचाउ अभियानका संयोजक बिक्रम यादवले भने", माँ कमला माँ कामाख्याको संस्कृती महत्व एवं पर्यावरणीय बारे मंथन गरी भब्य रुपमा दिवस मनाउने अवसर ले भबिष्यमा कमला माताको महत्त्व थप उजागर हुने बताएका छन । नेपाल- भारतको सम्बन्ध अझै प्रगाढ हुने बिश्वास व्यक्त गर्दै जनकपुरधाम र आसाम गुवाहिटीको संस्कृत, पर्यावरण सम्बन्धमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤