ताजा समाचार

कामाख्याको भुमीमा कमला बचाउ अभियानको चर्चा

  • असोज १, २०८१
  • ११०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम असोज १ गते ।आज १६ सेप्टेम्बर अर्थात बिश्व ओजोन दिवसको अवसरमा भारत राज्यको आसाम गुवाहिटीमा पनि ओजोन दिवस मनाईएको छ । असाम सरकार प्रदुषण नियन्त्रण बोर्ड असाम तथा कमला बचाउ अभियानको संयुक्त आयोजनामा एवं जगतगुरु गोवर्धनपुरी शंकराचार्य परम पुज्य स्वामी श्री अधोक्षजानंद देवतीर्थ जी महराजको सान्धियमा उक्त कार्यक्रम भएको हो । भेटनरी क्लेज ग्राउन्ड खानापारा गुवाहिटीको खेल मैदानमा भएको उक्त कार्यक्रममा पर्यावरण मन्त्री चन्द्र मोहन पटवारी ,श्रम मन्त्री संजय किस्सन प्रदुषण बोर्डका अध्यक्ष डा.अरुप कुमार मिश्रा ,सदस्य सचिब डा.शान्तानु कुमार दत्त असाम गोहाटीका पर्यावरण प्रेमी, प्राध्यापक, शिक्षक छात्र छात्रा तथा गणमाण्य ब्यक्तिहरुको सहभागी रहेको थियो । नेपालको प्रतिनिधित्व गर्दै कमला बचाउ अभियानका संयोजक बिक्रम यादवले भने", माँ कमला माँ कामाख्याको संस्कृती महत्व एवं पर्यावरणीय बारे मंथन गरी भब्य रुपमा दिवस मनाउने अवसर ले भबिष्यमा कमला माताको महत्त्व थप उजागर हुने बताएका छन । नेपाल- भारतको सम्बन्ध अझै प्रगाढ हुने बिश्वास व्यक्त गर्दै जनकपुरधाम र आसाम गुवाहिटीको संस्कृत, पर्यावरण सम्बन्धमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤