ताजा समाचार

गैर आवासीय मधेशी संघ (NRMA) को १४औं वार्षिकोत्सवमा शुभकामना आदानप्रदान गोष्ठी सम्पन्न

  • भदौ २५, २०८१
  • १७०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २५ भदौ ८ सेप्टेम्बर २०२४ मा गैर आवासीय मधेशी संघ (NRMA) को १४औं वार्षिकोत्सव र १५औं स्थापना दिवसको अवसरमा विशेष गोष्ठी सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता कतार शाखाका केन्द्रीय अध्यक्ष ईन्जिनियर प्रमोद कुमार ठाकुरले गर्नु भएको थियो।

गोष्ठीमा संघका शीर्ष नेताहरूले मधेशी समुदायको हक अधिकार र पहिचानको संरक्षणका लागि संघको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै, संघका भावी योजनाहरूको बारेमा पनि विचार-विमर्श गरे। संघका संस्थापक Dr. CK राउतले २०१० मा अमेरिकामा स्थापना गरेको NRMA हाल विश्वका ४० भन्दा बढी देशहरूमा सक्रिय रहेको छ। कार्यक्रममा नेताहरूले NRMA को माध्यमबाट विदेशमा रहेका मधेशी समुदायको एकता, सशक्तीकरण, र नेतृत्व विकासको महत्वपूर्ण योगदानलाई स्मरण गरे। संघले आगामी दिनहरूमा पनि मधेशी समुदायको उत्थान र नेतृत्व विकासका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरियो।

समारोहमा उपस्थित नेताहरूले संघको १५औं स्थापना दिवसको अवसरमा मधेशी समुदायको हित र पहिचानलाई अझ बलियो बनाउन थप अभियानहरू सञ्चालन गर्ने लक्ष्य व्यक्त गर्दै शुभकामना आदानप्रदान गरेका थिए।NRMA कतार को महा सचिव राज नारायण यादव (राजु)ले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤