लहान भदौ २१। जनता समाजवादी पार्टी, नेपालको मधेश प्रदेश समिति ले २०८१ सालको भाद्र महिनाको २३ गते (सितम्बर ८, २०२४) मा एक महत्वपूर्ण बिस्तारित बैठकको आयोजना गर्ने भएको छ। बैठकको समय बिहान ११:४५ बजे र स्थान रमन टावर, जनकपुरधाम तोकिएको छ।
पार्टीको केन्द्रिय कार्यालयको परिपत्र अनुसार, यस बैठकमा निम्न व्यक्तिहरूको अनिवार्य उपस्थिति अनिवार्य गरिएको छ: १. केन्द्रिय समितिबाट तोकिएका अनुगमनकर्ता वा सहजकर्ताहरू २. केन्द्रिय अभियन्ता ३. प्रदेश कार्यकारणी र प्रदेश समितिका सम्पूर्ण सदस्यहरू ४. जिल्ला समितिका अध्यक्षहरू ५. प्रदेश स्तरका सम्पूर्ण जनसंगठनका अध्यक्ष, प्रमुख वा प्रतिनिधिहरूबैठकको उद्देश्य पार्टीको संरचनात्मक सुधार र आगामी योजनाहरूको समीक्षा गर्न रहेको छ। यस सन्दर्भमा, सबै संबंधित पक्षलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ।
जनता समाजवादी पार्टी, नेपाल, मधेश प्रदेश कार्यालय जनकपुरधामकाे लेटरप्याडमा अध्यक्ष बालकिशाेर प्रसाद यादबकाे हस्ताक्षर सहितकाे सुचना जारि गर्दै साे बैठकमा सबैलाई उपस्तिथि भई दिन अनुराेध गरेका छन।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved