ताजा समाचार

सशस्त्रको गाडि दुर्घटना, भत्कीयो कम्पाउन्डवाल

  • भदौ २०, २०८१
  • ११७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २० भदौ । सशस्त्र प्रहरीका डिएसपी गोपाल पोखरेल सवार गाडी आज राती दुर्घटना भएको छ । उत्तरदेखि दक्षिणतर्फ गइरहेको ना १ क १४६६ नम्बरको आर्मेड पुलिस ऑफिस नेपालको गाडि लहान ७ स्थित रवीन्द्र श्रेष्ठको कम्पाउन्डबालमा ठक्कर दिएर दुर्घटना भएको हो। ठक्कर लागेर श्रेष्ठको कम्पाउन्डवाल क्षतिग्रस्त भएको छ। बाल भत्कीएरको छ भने गाडीको एक साइडको चक्का विस्फोट भएको छ। गाडीको अगाडि भागको क्वाककुचुक भएको छ । घटना राती १२ बजेतीर भएपनि ईलाका प्रहरी कार्यालय लहान र जिल्ला प्रहरी कार्यालय फोन सम्पर्क गर्दा फोन नउठेको स्थानीय गुनासो छ। नगर प्रहरीको गस्ती घटनास्थल मोटरसाइकलमै हेर्दै निस्किएपछि स्थानीयले गुहार गरेपछि फर्किर आएका थिए ।

जिल्ला ट्राफिक कार्यालय लहानमा सम्पर्क गर्दा फोन उठाएका थिए । सशस्त्रका डिएसपी गोपाल पोखरेलको स्वास्थ्य समस्या रहेकोले उपचारको लागि अस्पताल लैजानेक्रममा दुर्घटना भएको गाडिमा सवार एक प्रहरीले चताए। उता, स्थानीयले मादक पदार्थ सेवन गरेको हुनु पर्ने हो उनीहरु। रक्सी सेवन गरेको गन्ध आइरहेको थियो स्थानीयको दाबी छ। तर, मादक पदार्थ सेवन गरेको पुष्टि गर्ने निकाय त्यहाँ नभएकोले ठोकुवा गर्न नसकिने अर्का एक स्रोतले बताए । दुर्घटनापछि डिएसपी पोखरेललाई मोटरसाईकलमा अस्पतालतर्फ लगिएको छ।

प्रतिक्रिया दिनुहोस

थारू कल्याणकारिणी सभ ...

आशिक हुसैन शेख दोहा, कतार । थारु कल्याणकारिणी सभा (थाकसा) कतार च्याप्टरअन्तर्गत महिला विभागद्वारा आय ...

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤