रासिन्द्र यादव, सप्तरी, १८ भदौ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न. ५ कुशहामा रहेको मसिलाल जनता माध्यमिक विद्यालयलाई एन. एम.वि. बैंक सप्तरीको सुरुङ्गा शाखाले ५० थान सिलिङ पंख हस्तान्तरण गरेको छ । संस्थगत सामाजिक उतरदायित्त्व अन्तर्गत बैंकले आज एक कार्यक्रमको आयोजना गरि ५० थान सिलिङ फ्यान, ५ थान डस्टबिन र एक बोरा सेनेटरी प्याड विद्यालयलाइ प्रमुख अतिथि पोखरेल र शाखा प्रमुख अन्जनी कुमार कर्ण बाट हस्तान्तरण गरेको हो । कार्यक्रम विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जागेश्वर प्रसाद चौधरी तथा बैकका मधेश प्रदेश प्रमुख कमल पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा सुरुङ्गा नगरपालिका वडा नं.५ का वडा अध्यक्ष डिलाराम चौधरी, बैंकका सुरुङ्गा (कदमाहा) शाखाका प्रमुख अन्जनी कुमार कर्णको उपस्थित रहेको थियो । त्यसैगरी अतिथिका रुपमा मसिलाल जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सुर्यनारायण चौधरी, सहायक प्र.अ. संजय कुमार चौधरी, शिक्षक राम प्रसाद ठाकुर, बिद्यार्थीभाइ बहनहरु लगायतका उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
खडक नगरपालिकामा हेल्पिङ हार्टको सहयोग : १,२०० भन्दा बढी परिवार लाभान्वित, वडा नं. ६ का अध्यक्षको विशेष पहल
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved