ताजा समाचार

लहानका मेयर चौधरी: जनताप्रति वफादारको उदाहरण

  • भदौ १४, २०८१
  • १०२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विरेन्द्र प्रसाद नेपाल भदौ १४ । सिराहा जिल्लाको लाहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी जनताप्रति वफादारको उत्कृष्ट उदाहरण बनेका छन् । उनले नागरिकहरूको पीरमर्का नजिकबाट नियाल्दै, प्रशासनिक भवनमा बैंक सञ्चालनको सुविधाजनक वातावरण औपचारिक रूपमा मिलाएर सेवा प्रवाहलाई सहज बनाएका छन् । नेपाल सरकारको "क" वर्गको बैंकको रूपमा सन् १९९४ कार्तिक ३० गते स्थापना गरिएको नेपाल बैंक लिमिटेड, नेपालको पहिलो इजाजत प्राप्त बैंक हो जसको उद्घाटन राजा त्रिभुवनले राणा प्रधानमन्त्री जुद्ध शमशेरको पालामा गरेका थिए । 

लहान नगरपालिकामा पहिलोपटक स्थानीयलाई सेवा दिनका लागि एक्सटेन्स काउन्टरको शुरुवात गरिएको छ । यसका लागि लहान नगरपालिकाको सभाहलमा आयोजित एक औपचारिक कार्यक्रममा नेपाल बैंक लिमिटेडका मधेश प्रदेश प्रमुख, लहान शाखाका म्यानेजरसहित बैंकका कर्मचारी, नगरपालिकाका कार्यकारी अधिकृत, मेयर, जनप्रतिनिधि, स्थानिय समाजसेवी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, र पत्रकारहरूको उपस्थिति रहेको थियो ।

मेयर चौधरीको पहलमा लहानमा एक्सटेन्स काउन्टर सञ्चालनमा आएको छ, जसले गर्दा सेवाग्राहीहरूलाई बैंक जानुपर्ने बाध्यता हटेको छ । वक्ताहरूले यस अवसरमा मेयर चौधरीको प्रशंसा गर्दै यो कार्यलाई ऐतिहासिक ठहराएका छन् । मेयर चौधरीको यस कदमले स्थानीय सेवामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤