ताजा समाचार

बलात्कार र हत्या विरुद्ध मानव अधिकारवादी संघ संस्थाहरुको शान्तिपुर्ण विरोध प्रदर्शन

  • भदौ ९, २०८१
  • १०३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ९ भदौ । भारतमा बितेको ९ अगस्त २०२४ मा कोलकाताको आर जी कार मेडिकल कलेजमा भएको ३१ वर्षिय डाक्टर मौमिताको बलात्कारपछि हत्याको विरोधमा भारत लगायत विश्व भरीनै उनको न्यायका लागी रैली जुलुस र शान्ति पुर्ण विरोध प्रदर्शन हुदै आएको छ । डा.देवनाथ माथी भएको सामूहिक बलात्कारको विरुद्धमा नेपालमा पनि भदौ ६ गते साँझ, मानव अधिकारको क्षेत्रमा काम गर्ने, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले माईतिघर मण्डलामा र मुक्तिनेपाल गोलबजार, महिलामानव अधिकार रक्षक संजाल सिरहा लगायतका संघ संस्थाहरु र अधिकार कर्मीहरुले सिरहाको गोलबजार चौकमा दीप प्रज्वलन र मैनबत्ती जलाई शान्तिपूर्ण विरोध प्रदर्शन गरेको जानकारी हाम्रा सम्बादाता सन्जु कुमारी दासले दिएकी छिन।

 

कार्यक्रममा स्वास्थ्यकर्मी लगायत सम्पुर्ण महिलाको सुरक्षा सुनिश्चित गर्न तत्कालै अपराधीहरुलाई हदै सम्मको कारवाही गर्न आह्वान गरेको बुझिएकोछ।स्नातकोत्तर दोस्रो वर्षकी परिक्षार्थी डा.मौमिता देवनाथमाथी भएको यस्ता विभत्स घटनाले भारत मात्रै न भई विश्वका धेरै देशहरु स्तब्ध भएको छ । साथै यस्ता जघन्य अपराधले चिकित्सा पेशामा सामना गर्नुपर्ने तत्वहरुलाई प्रकाश पार्नुका साथै, व्यापक आक्रोश र कार्य स्थलमा विषेश गरी महिलाको सुरक्षा सुनिश्चित गर्न प्रणलीगत परिर्वनको मागहरु पनि जन्माएको देखिन्छन् । यस्ता न्याय डा. मौमिताका लागि मात्रै होइन संसारका सबै महिलाहरुका लागि हो किनकी महिला कहीं पनि सुरक्षित देखिदैन।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤