ताजा समाचार

सिराहा: पिप्राप्रधका रामबालक सरदार भए पशुविज्ञान प्रवेशपरिक्षामा मधेश प्रदेश प्रथम

  • साउन २६, २०८१
  • २४१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २६ साउन । सिराहाको पिप्रा प्र. ध.-१ हाल लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -१ बस्ने जयकुमार बाँतरको सुपुत्र रामबालक सरदार दलित कोटामा मधेश प्रदेशमा प्रथम स्थान ल्याई समग्रमा दलितमाथिको हौसला बुलंद खडा गरेको छ। ।

सर्लाही जिल्लाको बागमती नगरपालिका - ८ स्थित श्री नव जन जागरण माध्यमिक विद्यालय शंकरपुरमा अध्ययनरत रामबालक सरदारलाई (सी.टी.इ.भि.टी.) अन्तर्गत ( प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद मधेश प्रदेश कार्यालय ) धनुषाले लिएको परीक्षामा नि:शुल्क छात्रवृत्ति कोटामा प्रथम स्थान प्राप्त गरेको छ। डिपोमा ईन पशु विज्ञानको प्रवेश परिक्षामा निशुल्क छात्रवृत्तिसहित रामबालक सरदारले ५३ अङ्क ल्याई मधेश प्रदेशका दलित टप हुनु भएको छ। वहाँ भन्नुहुन्छ "मेहनत परिश्रम कहिले खेर जादैन् " मैले पढेँ अनुसारको नतिजा पाएको विद्यार्थी रामबालक सरदारले बताउनुभयो ।

विद्यार्थी रामबालक सरदार भने कक्षा १० मा " म" प्रथम थिए। २०८० सालको माध्यमिक शिक्षा परीक्षा ( एसईई) मा २.९४ जीपीए ल्याएको बताए । यता, उनका बाजे बिर्जा बाँतर भननुहुन्छ :- विद्यार्थीलाई सही दिशा निर्देश गर्न अभिभावक जागरुक हुनु जरुरी छ। विद्यार्थीलाई गाँस वास कपाससँगै असल व्यक्तित्व बन्नका निम्ति हेरचाह र अभिभावक स्वयंले उपलब्धिको लेखाजोखा गर्नु पर्ने बताए । यो सँगै उनले भने - "हामी दलित यदि पढाई लेखाइमा राम्रो गरेनौं- भने झनपछि पर्ने बताए ।

समाजिक दृष्टिकोणको हेर्ने नजरियाले दलितलाई सर्वप्रथम पहिलोस्थानमा शिक्षा , स्वास्थ्य हुनुपर्नेमा जोडदिन सम्पूर्ण दलितमा आग्रह गर्नु भएको छ। " मधेशमा "जात विशेषमा जन्म लिएका कारण सामाजिक-आर्थिक उत्पीडनको चपेटामा परेका समुहलाई "दलित" भनेर हाम्रो समाजले भन्दै आएका छन् । तर, यो कथित दलित शब्दलाई सरकारले पनि बेवास्ता गर्दै आएको जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤