Siraha Times
ताजा समाचार

मुक्ति नेपाल गोलबजारको आयोजनामा पाठेघर सम्बन्धि निः शुल्क जाँच कार्यक्रम सम्पन्न

  • साउन १८, २०८१
  • ८८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १८ साउन । सिरहाको गोलबजारमा रहेको मुक्ति नेपालको आयोजनामा, मुक्ति नेपालद्वारा संचालित कार्यक्रम अन्तर्गत गोलबजारको विभिन्न वडामा रहेको महिला समुह किशोरीसमुहहरु बाट र घर दैलो कार्यक्रम मार्फत आर्थिक अवस्था कमजोर भएकै कारण उपचार गराउन असमर्थ रहेको गोलबजार ३,४,५,६ र ८ को स्वास्थ्य समस्यामा परी रहेको ४० जना महिलाहरु को पहिचान गरी उनको स्वास्थ्य जाँचका लागि गोलबजार स्वास्थ्य शाखामा पहल र समन्व्य गरेर निः शुल्क जाँच कार्यक्रम १६ साउनमा सम्मपन्न भएको जानकारी हाम्रा सम्बादाता सन्जु कुमारी दासले दिएकी छिन।

दासको अनुसार स्वास्थ्य जाँच गराउनेमा प्रायः बाल विवाह भई सानै उमेरमा बच्चा पाएको आमाहरु २० देखि ४० वर्ष उमेर समुहका २९ जना थिए। पुरुषवादी मानसिकता भएको हाम्रो समाजमा महिलाहरु आफ्नो यौन सम्बन्धि समस्या श्रीमान लाई पनि भन्दैन, भन्यो भने उनीहरु अर्को बिहे गर्छन वा हामीलाई छोर दिन्छ भनी डरले लुकाएर बस्ने गर्छन र पछि समस्या निकै जटिल भए पछि र सहन न सकेर मात्र भन्ने गर्छन । उनीहरु समस्या भन्न लजाउने, सहेर बस्ने, गरेकै कारण महिलाहरुमा पाठेघरको क्यान्सरको सम्भावनालाई निम्त्याई रहेको बुझिएको छ।

जाँच गराउने महिलाहरुमा प्रायः सामान्य समस्या देखिए पनि यदि यस्ता समस्याको समयमै उपचार भएन भने पछि ठुलै समस्या निम्त्याउने सम्भावना हुन्छ र यस्ता समस्या हुनुको अनेकौ कारण हुन सक्छ।तर सामान्य रुपमा सरसफाईमा ध्यान दिन न पाउनु, पानी थोरै खानु , सानै उमेरमा आमा बन्नु , पोषणयुक्त खाना न पाउनु इत्यादि रहेको गोलबजार स्वास्थ्य चौकी इन्चार्ज सविता पजियारले बताएकी छिन।

साथै २९ जना बिरामीलाई चेकजाँच गर्दा ती मध्ये पाँच जनामा जटिल समस्या हुन लागेको र त्यस मध्ये दुई जना महिलालाई थप उपचारका लागि राम्रो डाक्टर संग चेकजाँच गराउने सल्लाह दिई बाँकीको सबै बिरामीलाई अस्पतालमा उपलब्ध औषधि निशुल्क उपलब्ध गराइ उचित परामर्श सहित सम्पुर्ण बिरामीहरु लाई स्वास्थ्यकर्मीहरुको टोलीले आ आफ्नो घर पठाएको जानकारी समेत सम्बादाता दासले दोएकी छिन। हुनत सिरहा जिल्ला भरीमा धेरै गैरसरकारी संस्थाहरु छन तर मुक्ति नेपालले जुन महिलाको सवालमा जुन बिषय बस्तु उठान गर्दैछन त्यो वास्तवमा स्वागत योग्य रहेको संस्थाको बिभिन्न गतिविधिले देखाइरहेको छ। यसरी नै हरेक संघसंस्थाले समयमै बिषयगत कुराहरु उठाउदा सिरहा जिल्ला बिकास हुम धेरै समय नलाग्ने जानकारहरु बताउँछन।

प्रतिक्रिया दिनुहोस

जन्माष्टमीको अवसरमा ...

शियाराम यादव ,भदौ-२०  । श्रीकृष्ण जन्माष्टमीको पावन अवसर पारेर यादव सेवा समाज दोहा, कतारको नयाँ ...

लहान १५ मा ‘घर–घरको ...

ओम प्रकाश यादव लहान, भदौ २० । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता ...

रसुवा बाढीमा खडकका ९ ...

ओम प्रकाश यादव लहान, भदौ १९ । रसुवामा आएको विनाशकारी बाढीमा आफ्ना नागरिक गुमाएको पीडामा रहेको सप्तरी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१