मुस्लिम महिलाहरूद्वारा आईशा गर्लस कालेजको अवलोकन भ्रमण

  • साउन १२, २०८१
  • ६४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, साउन १२ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा रहेको आईशा सिद्धकी गर्लस कालेजको मदरसाको रूपन्देही जिल्लाको सियारी गाँउपालिकाका मुस्लिम महिला हरू द्वारा अवलोकन भ्रमण गरिएको छ । सो मदरसामा रहेको छात्रावास, सिलाई कटाई कक्ष, कम्प्यूटर कक्ष, कक्षा कोठा, नुमाइश कक्ष लगायतको अवलोकन गरिएको छ। सो अवलोकन भ्रमणका क्रमममा एक कार्यक्रम गरि सो मदरसाले आएका सम्पूर्ण लाई सम्मान कार्यक्रम राखेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि अकिल मियाले सियारी गाँउपालिकाले मुस्लिम महिला हरू लाई गराएको अवलोकन भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्दै सबै व्यक्तिको शिक्षामा पहुच पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा बोल्दै पूर्व जिल्ला शिक्षा अधिकारी अब्दुल रउफ खांले मुस्लिम धर्ममा शिक्षा लाई अनिवार्य तथा निशुल्क गरेको भए पनि हालको स्थितमा मुस्लिम हरूको शिक्षामा पहुँच न्यून रहेको बताउदै सियारी गाँउपालिकाले गरेको मुस्लिम महिलालाई गराएको अवलोकन भ्रमणले शिक्षामा पहुँच राम्रो हुन सक्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका अध्यक्षता गरेका लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले अवलोकन भ्रमणमा आएका सम्पूर्ण लाई हार्दिक स्वागत गर्दै सियारी गाँउपालिकाले गरेको उक्त भ्रमण सराहनीय रहेको बताउदै लुम्बिनी प्रदेश मदरसा बोर्ड बाट हुन् सकने सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताउदै। मुस्लिम महिलामा समेत शशक्तिकरणको भावना विकसित भई शिक्षामा सबैको पहुँच हुनुपर्ने बताए। उक्त अवलोकन भ्रमणमा जनप्रतिनिधि महेन्द्र प्रसाद यादव, सियारी गाँउपालिकामा अवस्थित मदरसा स्लामिया गरिब नवाजका अध्यक्ष कलिकुन निशा मनिहार, सहायक प्रधानाध्यापक पार्वती चौधरी लगायत पैतालीस जना मुस्लिम महिलको सहभागिता रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस

सिरहाको नवराजपुर ३ क ...

ओम प्रकाश यादव लहान १३ कार्तिक । सिरहा जिल्लाको दक्षिणी सिमासंग जोडिएका नवराजपुर गाउँपालिका वडा ...

पत्रकार सम्मेलन मार् ...

बिरेन्द्र प्रसाद नेपाल  कार्तिक १२  लहान नगरपालिका-१० बाट सुरु भएका खुट्टी नहर ६० वर्ष भन् ...

मधेस प्रदेशमा जनमत प ...

कार्तिक १२ लहान । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१