ताजा समाचार

बलान नदि नियन्त्रणमा टिम सहित जुटे गा.पा. अध्यक्ष यादव

  • असार २७, २०८१
  • १०२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २७ असार । सप्तरीको बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव टिम सहित बलान नदि नियन्त्रणमा जुटेका छन। यसै पालिकाको ४ न. वाडा बेलही गाउँ बिगत लामो समय देखि बलान नदिको जोखिममा रहेको छ। बिगत झै यस बर्ष पनि अविरल बर्षाको कारण बेलही गाउँमा बलान नदिको बाढीले क्षति गर्न लाग्दा गा.पा. अध्यक्ष यादव टिम सहित गाउँमा बाढी पस्न नदिन रोकथामका लागी प्रयास गरेका हुन। सप्तरी सिरहाको बिचमा रहेको यो बलान नदि हाल सम्म दुबै तिर लगभग २० गाउँको हजारौं बिगहा उब्जाउ जग्गा कटान गरी सकेका छन भने दर्जनौ गाउँमा बाढी पस्ने बाटो बनाइ सकेका छन। बिगतमा नदि नियन्त्रण सम्बन्धि काम नभएको होइन तर प्रत्येक बर्ष करेटिङको नाममा बाँधको नाममा आएको सानो बजेटले केहि हुन सकिरहेको छैन। 

यस बर्ष त बलान नदि झन उग्ररूप लिएको अबस्था छ। पश्चिममा सिरहाको लहान न.पा. २३, सखुवानन्कारकट्टी गा.पा. ४र५ र भगवानपुर गा.पा. को १ र ४ न. वाडाहरुमा कटान भैरहेको छ भने सप्तरीको बलान बिहुल गा. पा. हुलाकी सडक देखि दक्षिण दिघिया, दुधैला, मौवाहा र बेलही पुर्णरुपमा जोखिममा रहेको अवस्था छ। जनप्रतिनिधि भनेको त गा.पा. अध्यक्ष खेमचन्द्र यादवलाई मान्नु पर्छ। नागरिकको सुरक्षा हेतु बाँध बाँध्न आफै खटेर अभिभावकको भुमिका निर्बाह गरेका यादव युवा नेताको रुपमा उदाएका छन। हामी संगको छोटो कुराकानी गर्दै यादव म जन्ताको शासक नभई जन्ताको सेवक हो र बलान बिहुल गा.पा. लाई बनाउन जन्ताले मलाई मत दिएका छन र जनचाहना मुताबिक मेरो नेतृत्वको स्थानीय सरकार अगाडी बढिरहेको बताएका छन।

May be an image of 2 people

May be an image of 2 people and people fishing

 

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤