बालेनकै शैलीमा अत्तिक्रमिक जग्गा र खोला फर्काउदै नवराजपुर पालिका अध्यक्ष यादव

  • जेठ २५, २०८१
  • १३४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २५जेष्ठ सिरहाको दक्षिणी सिमाक्षेत्रसंगै जोडिएका नवराजपुर गाउँ पालिकामा जसपा का मनकारी नेताले गरेका सराहनीय कार्य प्रति त्यहाँका स्थानीय जनताहरुमा कानाखुसि सुरु भएका छन् सदियौ देखि अत्तिक्रमणमा परेका त्यहि पालिका स्थित अनेकौ सम्पदाहरु मौलाउदै जाँदा पनि कसैको ध्यानाकर्षण नभएको ठाउँमा मनकारी साहसी नेताकारुप पाएका शिव उअदगार यादव ( शिवा ) स्थानीय सरकारले आफ्ना साहस स्थानीय जनमानसमा देखाई दिए पछी स्थानीय जनता उत्साहित भएका छन् ।

नवराजपुर गाउँपालिका नेपालको दक्षिण-पूर्वी मधेश प्रदेश, सिरहा जिल्लाको एउटा यस्तो गाउँपालिका हो कि जहाँका जनता नेपाल भन्दा भारतकै बजार व्यवसायमा आश्रित हुन्छ । नेपाल सरकारले लागू गरेको नयाँ स्थानीय प्रशासनिक संरचना अनुरुप साविकका भगवतीपुर, मझैरा र नवराजपुर गाउँ विकास समितिहरूलाई गाभिएर नवराजपुर गाउँपालिका गठन गराएको हो ।

नवराजपुर गाउँपालिका अन्तर्गत ५ वटा वडा रहेको छ । हाल गाउँपालिकाको प्रशासकीय कार्यालय नवराजपुरको हुलाकि राजमार्गको २००मि. दक्षिण तर्फमा रहेको छ । नेपालको जनगणना २०२१ अनुसार यस गाउँपालिकामा कुल १९०१९ जनसंख्या रहेको र यस गाउँपालिकाको कुल क्षेत्रफल ३२.१८ व.कि.मी रहेको छ । यस गाउँपालिकामा विभिन्न सामुदायका मानिसहरु वसोबास गरिरहेको छ । यस गाउँपालिकाका गाउँबासीहरुको जीविकोपार्जनका मुख्य पेशा कृषि, व्यापार र उद्योग पशुपंक्षी पालन रहेको भए पनि यहाँका जनताले त्यो सहुलियत नपाएकोमा आज यस स्थानीय सरकारले गरि दिएपछी यहाँका किसानहरु गौरम्बित महसुस गर्दै छन् पालिका अध्यक्षका निजि सचिवालयले हामीलाई बताए । 

अहिलेको यस नवराजपुर गाउँ पालिकाका अध्यक्ष शिव उदगार यादव(शिवा) द्वारा गरिएका बिभिन्न गतिविधिप्रति स्थानीयहरु अध्यक्ष यादवकै वाह वाहिमा लागि सकेका छन् जसका फलस्वरूप नवराजपुर गाउँपालिका अन्तर्गत सदियौ देखि अलपत्रमा रहेका किसानहरुलाइ कमाइ खाने थलो खेति नै हो जहाँ आवत जावत गर्न खेत खनजोत समेत कठिनाइ भएको प्रति अध्यक्ष यादवको गम्भीर ध्यानाकर्षण भएपछी वडा न. ३ फुलवरिया गाउँले दाजुभाइहरुको लागि अहिले कृषि सडक निर्माण गरि आवत जावत गर्न तथा सहजतापूर्वक अन्न वाली घर भित्र्याउन सहज होस् भन्ने उदेशका साथ कृषि सडक, कलभर्ट निर्माण गर्नका लागि अनुगमन गर्नु भएका छन् । 

साथै त्यही गाउँमा अवस्थित एक अत्तिनै प्रख्यात धार्मिक आस्था संग जुडेको पताल गंगा(भभरी) भन्ने नदी रहेको छ जुन कि अलपत्रमा रहेको छ भने त्यस नदीमा नुहाए जस्तोसुकै घाउ,खटिरा निको हुने जनआस्था रहेको गाउँलेहरुले बताउछ र हाल त्यो नदी अतिक्रमित गरी त्यहाका केहि व्यक्तिले बाँस रोपेको कारण अलपत्र अवस्थामा देखिन्छ जसमा अहिले सम्म कसैको ध्यानाकर्षण नभए पछि अहिलेको स्थानीय सरकारले उक्त अत्तिकर्मिक नदीको मुहान लाई पुन: सञ्चालनमा ल्याउने र यस धार्मिक स्थानलाई समेत प्राथमिकतामा राखी आगामी दिनमा पर्यटक क्षेत्र निर्माण गर्ने उद्देश्यका साथ स्थलगत अनुगमन गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस

आगलागीको त्रासमा बाच ...

नरेशचन्द्र बरबरिया सिरहा भदौ २२ गते । सिरहा जिल्लाको सिरहामा आफै आगो सल्केर घरको सम्पूर्ण सरसमान जले ...

सुनसरीमा चक्कु देखाए ...

ओम प्रकाश यादव लहान भदौ २२ । सुनसरीको इटहरीमा चक्कु देखाएर लुटपाट गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको ...

कृष्णनगरमा तिज महोत् ...

अजय मिश्र, कृष्णनगर भाद्र २२ कपिलवस्तु जिल्लाको कृष्णनगरमा नगरपालिका वडा नं २ मा रहेको नगरपालिका कार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१