ताजा समाचार

मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियानले नागरिक लाभान्वित

  • जेठ २५, २०८१
  • १०२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, जेष्ठ २५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा रहेको नागरिक आरोग्य सेवा केन्द्रले नागरिक सचेतन मूलक कर्यक्रम अभियान लाई तिब्रता दिदै आएको छ। नगर क्षेत्रका प्रत्येक वार्डका जन समुदाय लाई मेरो स्वस्थ मेरो जिम्मेवारीको बोध गराउने उदेश्यका साथ अगुवा हरु लाई तालीमका मध्यम द्वारा सचेत गराउदै समुदायका व्यक्ति हरूलाई समेत समय समयमा आग्रह गर्दै आएको छ। बढ्दो दीर्घ कालीन न सर्ने रोग बाट बच्नका लागि आहार बिहार दिनचर्यामा आमूल परिवर्तनको खाचो रहेको जनकारी कबीराज डॉ नागेश्वर मिश्रले दिनुभयो ।

No description available.

वार्ड नं ५ को पुरुषोत्तमपुर बाट शुरू भएको अभियानको दोस्रो दिन वार्ड न ११ मा वार्ड अध्यक्ष जीवन श्रीवास्तवको अध्यक्षता मा संचालन भएको कार्यक्रममा बोल्दै कर्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रजत प्रताप शाहले आफ्नो नगर का नागरिक लाई स्वस्थमा समृद्ध बनाउन आफु सदैव तत्पर रहेको र गाउँ घर क्लिनिक, नागरिक आरोग्य अभियान, जेष्ठ नागरिक स्वस्थ शिबिर , स्तान पान गराउने महिला लाई दुग्ध बर्धक औषधि वितरण, आखां शिबिर लगायत बिबिध कर्यक्रम निरन्तर संचालन भएको साथै प्रत्येक वार्डमा सुबिधा युक्त स्वस्थ चौकी सुधार कार्यमा तिब्रता साथ आफुअगाडि बढेको बताए। नागरिक आरोग्य अभियान वार्ड नं १० , वार्ड नं २ लगायत विभिन्न विद्यालय तथा समुदाय स्तरमा तिब्रताका साथ संचालन हुदै आएको तथा उक्त कार्यक्रम बाट नागरिक हरुको बानी व्यवहारमा परिवर्तन आउने जन विश्वास रहेको छ।

प्रतिक्रिया दिनुहोस

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

आर्थिक अभावले घरमै प ...

रहमुल,लहान ११ असोज । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकी घरमै असुरक्षित रूपमा शिशुलाई जन्म दिन ...

नालाको पानी निकासका ...

रामअधार यादव रौतहट असोज ११ । रौतहटको कटहरिया नगरपालिका–५ स्थित पोखरीनजिकै पानी निकासका लागि सड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤