ताजा समाचार

टि १५ क्रिकेट टुर्नामेन्ट खेलमा सगरमाथा प्रज्ञा पिठको जित

  • जेठ १९, २०८१
  • २०६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १९ जेष्ठ । सिरहा जिल्लाको लहान नगरपालिका वडा न. १३ घलेटोलमा आयोजित टि १५ क्रिकेट टुर्नामेन्ट शुक्रबार सम्पन्न भएको छ रामजानकी युवा क्लव द्वारा संचालित  प्रिमियर लिग टि–फिफ्टीन क्रिकेट प्रतियोगिता १२ जेष्ठ शनिवारदेखि घलेतोलमा सुरु भएको थियो । प्रतियोगिताको अन्तिम संस्करण स्थानीय घलेटोलस्थित पोखरियाको खुलामैदानमा खेल सुरु भएको हो । प्रतियोगिताको सुरुवात १२ जेष्ठमा सथानीय निर्वाचित वडा अध्यक्ष मनोज कोइरालाद्वारा भएको थियो भने विशिष्ट अतिथिको रुपमा अमिर एग्रोभेटका संस्थापक अध्यक्ष अमिरलाल साथै राम जानकी युवा क्लब अध्यक्ष अभिनन्दन रहेको थियो ।

टि १५ क्रिकेट टुर्नामेन्ट प्रतियोगितको उद्घाटन खेलमा सगरमाथा प्रज्ञा पिठ र नैनपुर बीच भएको पहिलो खेलमा सगरमाथा प्रज्ञा पिठले १५४ रङको लक्ष्य दिएर पनि ४ विकेटले जित हासिल गरेका थिए बलिङतर्फ सगरमाथा प्रज्ञा पिठले टस जितेर पहिलो ब्याटिंग गरेका सगरमाथा प्रज्ञा पिठले टिम नैनपुरलाइ ४ विकेटले पराजित गर्दै फाइनलमा पुगेका थिए ।   

जेष्ठ १२ गते शुरु भएको खेल जेष्ठ १८ गतेसम्म चलेका थिए प्रतियोगितको अन्तिम दिनमा सगरमाथा प्रज्ञा पिठ र रामजानकी युवा क्लव घलेटोल बीच भएको खेलमा १२८ रनको लक्ष्य दिएका रामजानकी युवा कल्वका खेलाडी २ रनले पराजित भएका थिए । प्रतियोगिताको अन्तिम दिन भएको खेलमा रामजानकी युवा क्लवका अध्यक्ष्य अभिनन्दन यादवले गर्नु भएको खेलको समापनमा प्रमुख अतिथि ग्रहण गर्नु भएका समग्र कृषि संस्थाका अध्यक्ष अमिरलाल  यादवका प्रमुख आतिथ्यमा विशिस्ट अतिथिमा जनता समाजवादी पार्टीका सिरहा जिल्ला क्षेत्र न.१ क का प्रदेश सचिव सुभक लाल यादव   लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤