Siraha Times
ताजा समाचार

सिरहाको पतारी पोखरीमा डुबुल्की लगाई नि:सन्तानलाई सन्तान प्राप्तिको लागि मेला

  • वैशाख २, २०८१
  • १६१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार/सिरहा/बैशाख २ गते । सिरहाको दक्षिणी सिमावर्तीमा पर्ने राजमार्ग देखि १० किलोमिटर दक्षिणमा अवस्थित लक्ष्मीपुर- पतारी गाउँपालिका गाउँकार्यपालिका नजिकैमा आज पतारी मेलाको आयोजना गरिएको छ। उक्त मेलामा नि:सन्तान अर्थात बाँझ महिलाहरूले आज सिरहाको पतारी पोखरीमा डुबुल्की लगाई नि:सन्तानलाई सन्तान प्राप्तिको लागि मेला लागिएको हो । प्रत्येक वर्ष बैशाख २ गतेका दिन लाग्ने मेलामा श्रद्धालु एवंम वर्तालु महिलाहरुले पतारी पोखरीमा डुबकी लगाई सन्तान प्राप्तिका लागि राजा हर शिँह देव ठाकुर ( बाबा ) सित कामना गर्नेछ ।

पोखरीमा डुबुलकी लगाउने छ, पहिलो डुवकीमा , जे आउँछ सर्प , ढुङ्गाा , माटो , डोकासितुवा इत्यादि द्वारा सन्तान प्राप्ति हुने र भइरहेको जनविश्वास रहेको छ। त्यसैगरी, यसवर्ष पतारी पोखरी मेलालाई थप व्यवस्थित हेतु मेला र मेलामा दशदिने यज्ञहवन कुण्ड गर्ने भनिएको छ। श्री श्री १००८ श्री विष्णुमहायज्ञ कलशस्थापना बैशाख -९ गते हुनेछ र विविध कार्यक्रमहरु बैशाख -१८ गतेसम्म हुनेछ ।

यता, आयोजक पतारी मेला समिति तथा गाउँपालिका अध्यक्ष चतुरान्नद ठाकुरका अनुसार - यस वर्ष मेलालाई व्यवस्थित गर्ने प्रयास गरिएको छ । बर्षौंदेखि जिर्ण अवस्थामा रहेको पतारी पोखरी र (बाबा ) हरसिँह मन्दिरलाई रङ्गरोगन , सरसफाईको काम पूरा भएको बताउनुभयो। यो सँगै पतारी पोखरीको महिमा ( शक्ति ) बारेमा भन्नुहुन्छ - स्थानीय महेशपुर पतारीका ६५ वर्षीय हरिलाल रामका अनुसार - यो पतारी पोखरीको महिमा शक्तिशाली, अपरम्पार रहेको बताउँछन्। पहिला पहिला पतारी पोखरीको पानी स्थानीयलाई सेवन गर्ने अवस्था थियोे अर्थात खानामा कम्तीमा १ बुंद पानी दिनुपर्ने अवस्था थियोे । नत्र, खाना गनहाउने, स्वादहीन हुने गरेको बताउँछन् ।

पतारी पोखरीले बाँझ महिलाको हकमा अहिलेसम्म राम्रो गर्दै आइरहेका छन् । नि:सन्तान महिलाले डुबुल्की लगाए, पश्चात् छोराछोरी मध्ये कुनैकुनै एक सन्तान हुने नै हो । मेला सु-प्रसिद्ध भएकाले मेला हेर्न भारतको दरभंगा , पटना , जयनगर , लदनियाँ , खुटौना सम्मको मान्छेहरुको घुईँचो रहेको छ। आज जुडशितल तथा पतारी मेला मेला भर्ने भाकल गर्ने लड्डु पान सुपारी चढाउने , खसी, बोका चढाउने , मेला हेर्ने आउनु हुने सम्पूर्ण श्रद्धालु भक्तजनहरुमा मेला समिति आयोजक हार्दिक स्वागत गरिएको गाउँपालिका अध्यक्ष चतुरान्नद ठाकुरले बताए ।

प्रतिक्रिया दिनुहोस

कटनिया नदीमा पुल निर ...

रहमुल, लहान १६ वैशाख । सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्ड अन्तर्गत पर्ने कटनिया नदीमा वर्षौं ...

सुखीपुर नगरपालिका अस ...

रहमुल, लहान, १६ वैशाख । सिरहाको सुखीपुर नगरपालिका लामो समय देखि अस्तव्यस्त अवस्थामा रहेको पाइएको छ। ...

सिरहामा सहकारी विवाद ...

रहमुल,लहान १६ वैशाख । सिरहा स्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भगवानपुर शाखा विरुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१