सिरहाको पतारी पोखरीमा डुबुल्की लगाई नि:सन्तानलाई सन्तान प्राप्तिको लागि मेला

  • वैशाख २, २०८१
  • १४८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार/सिरहा/बैशाख २ गते । सिरहाको दक्षिणी सिमावर्तीमा पर्ने राजमार्ग देखि १० किलोमिटर दक्षिणमा अवस्थित लक्ष्मीपुर- पतारी गाउँपालिका गाउँकार्यपालिका नजिकैमा आज पतारी मेलाको आयोजना गरिएको छ। उक्त मेलामा नि:सन्तान अर्थात बाँझ महिलाहरूले आज सिरहाको पतारी पोखरीमा डुबुल्की लगाई नि:सन्तानलाई सन्तान प्राप्तिको लागि मेला लागिएको हो । प्रत्येक वर्ष बैशाख २ गतेका दिन लाग्ने मेलामा श्रद्धालु एवंम वर्तालु महिलाहरुले पतारी पोखरीमा डुबकी लगाई सन्तान प्राप्तिका लागि राजा हर शिँह देव ठाकुर ( बाबा ) सित कामना गर्नेछ ।

पोखरीमा डुबुलकी लगाउने छ, पहिलो डुवकीमा , जे आउँछ सर्प , ढुङ्गाा , माटो , डोकासितुवा इत्यादि द्वारा सन्तान प्राप्ति हुने र भइरहेको जनविश्वास रहेको छ। त्यसैगरी, यसवर्ष पतारी पोखरी मेलालाई थप व्यवस्थित हेतु मेला र मेलामा दशदिने यज्ञहवन कुण्ड गर्ने भनिएको छ। श्री श्री १००८ श्री विष्णुमहायज्ञ कलशस्थापना बैशाख -९ गते हुनेछ र विविध कार्यक्रमहरु बैशाख -१८ गतेसम्म हुनेछ ।

यता, आयोजक पतारी मेला समिति तथा गाउँपालिका अध्यक्ष चतुरान्नद ठाकुरका अनुसार - यस वर्ष मेलालाई व्यवस्थित गर्ने प्रयास गरिएको छ । बर्षौंदेखि जिर्ण अवस्थामा रहेको पतारी पोखरी र (बाबा ) हरसिँह मन्दिरलाई रङ्गरोगन , सरसफाईको काम पूरा भएको बताउनुभयो। यो सँगै पतारी पोखरीको महिमा ( शक्ति ) बारेमा भन्नुहुन्छ - स्थानीय महेशपुर पतारीका ६५ वर्षीय हरिलाल रामका अनुसार - यो पतारी पोखरीको महिमा शक्तिशाली, अपरम्पार रहेको बताउँछन्। पहिला पहिला पतारी पोखरीको पानी स्थानीयलाई सेवन गर्ने अवस्था थियोे अर्थात खानामा कम्तीमा १ बुंद पानी दिनुपर्ने अवस्था थियोे । नत्र, खाना गनहाउने, स्वादहीन हुने गरेको बताउँछन् ।

पतारी पोखरीले बाँझ महिलाको हकमा अहिलेसम्म राम्रो गर्दै आइरहेका छन् । नि:सन्तान महिलाले डुबुल्की लगाए, पश्चात् छोराछोरी मध्ये कुनैकुनै एक सन्तान हुने नै हो । मेला सु-प्रसिद्ध भएकाले मेला हेर्न भारतको दरभंगा , पटना , जयनगर , लदनियाँ , खुटौना सम्मको मान्छेहरुको घुईँचो रहेको छ। आज जुडशितल तथा पतारी मेला मेला भर्ने भाकल गर्ने लड्डु पान सुपारी चढाउने , खसी, बोका चढाउने , मेला हेर्ने आउनु हुने सम्पूर्ण श्रद्धालु भक्तजनहरुमा मेला समिति आयोजक हार्दिक स्वागत गरिएको गाउँपालिका अध्यक्ष चतुरान्नद ठाकुरले बताए ।

प्रतिक्रिया दिनुहोस

कार्यालय समयमा मस्त ...

सिराहा, कार्तिक ३० गते । विडम्बना समयमा अधिकाँश जनप्रतिनिधिहरु कार्यालय आउँदैन् । आए पनि बिना घुस, क ...

लक्ष्मीपुर पतारी गाउ ...

ओम प्रकाश यादव लहान कात्तिक ३० । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको आयोजनामा सम्पन्न जिल्ला स्तरी ...

लहान–१५ र १८ मा संरक ...

ओम प्रकाश यादव लहान, कात्तिक २९ । लहान नगरपालिका, JOA, Care Nepal तथा FECOFUN/NFGF को आर्थिक तथा प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१