ताजा समाचार

लहान एक्सपो सुरु, उप-प्रधानमन्त्री महासेठ र प्रदेश स्वास्थ्य मन्त्री सिंहद्वारा समुद्घाटन

  • चैत ३०, २०८०
  • १२४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम
लहान । सिरहाको लहानमा आजदेखि लहान एक्सपो मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सव सुरु भएको छ। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र मधेशका स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंहले महोत्सवको उद्घाटन गरेका छन् ।जिल्ला उधोग वाणिज्य संघ लहानले समृद्धिको आधार कृषि, पर्यटन उद्योग र व्यापार भन्ने मुल नाराका साथ लहान एक्स्पो महोत्सवको आयोजना गरेको आयोजक संघका अध्यक्ष विकास शारदाले बताए।

लहानमा व्यावसायिक वातावरण, पर्यटन प्रवर्धन र सामाजिक कार्यमा जिल्ला उधोग वाणिज्य संघ लहानको आफ्नो नाम पहिचान होस् भने विश्वाशका साथ महोत्सव आयोजना गरिएको अध्यक्ष शारदाले बताए।

महोत्सवका मुल नारालाई मध्यनजर गर्दै कृषिका स्टल, महिला उद्यमी र साना घरेलू उद्यमीहरुको पनि स्टल राखिएको छ।अन्तराष्ट्रिय स्तरमा पाकिस्तानका लेदर ज्याकेटदेखि बंगालादेशबाट साडीका सुटहरु र भारतबाट युटिन्सीलका राम्रो राम्रो प्रोडक्टहरुको स्टलहरु रहेको छ।

लहान एक्स्पो १० दिनसम्म चल्ने महोत्सवमा हरेक दिन सांझ विशेष सांस्कृतिक कार्यक्रम हुनेछ । वैशाख ६ गते अक्षरा सिंहको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤