ताजा समाचार

ईस्लाम धर्मावलम्वीहरुको महान पर्व ईदऊल फित्र सखुवानन्कारकट्टीमा धूमधाम साथ मनाइदै

  • चैत २९, २०८०
  • ९०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान चैत २९ । ईस्लाम धर्मावलम्वीहरुको महान पर्व ईदऊल फित्र नवलपरासीमा धूमधाम साथ मनाइदै मुस्लिम समुदायले इदगाहा, मदरसाहरुमा विशेष नवाज तथा पाठ गरि घर घरमा यस पर्वलाई मनाउदै गरेका छन । आज खुशयाली सटासाट गरि आफन्त नातागोता तथा इष्टमित्रसंग खुसी साटेर यो चाड मनाइने गरिन्छ । अरबी क्यालेन्डर अनुसार जिलहिज्जा महिनामा पर्ने ईद मुस्लिम समुदायले आज मनाउने गरिन्छ ।

ईदुल फित्रको अवसरमा जिल्लाका पालिका सखुवानन्कारकट्टी , भगवानपुर, नवराजपुर , लगायतका लहान नगर पालिका स्थानका मुस्लीम समुदायका महिला पुरुषहरु मस्जिद तथा ईदगाहमा जम्मा भएर ईद मिलनको खुशी साटासाट गरेका छन् ।

एक महिनासम्म दिनभरी कठोर उपवास व्रत (रोजा) वसी पाँचपटक नमाज पाठ गरी मनाउदैं आएका मुस्लीमहरुले बुधबार साझ चन्द्रमा (चाँद) देखेपछि रोजा समाप्तीको खुशीयालीमा आज ईद उल फित्र मनाएका छन् । यस अवसरमा मस्जिद तथा ईदगाहमा महिला पुरुष वालवालिका सबै जम्मा भएर नवाजपाठ गरी बधाई, शुभकामना आदनप्रदान गर्दै एकआपसमा गला मिलाएर खुशीयालीसँग ईद मनाएका छन् ।

इदगाहमा भेला भई महिलाहरुले आ–आफ्नो परिवारमा तथा देश र देशवासीमा सुख समृद्धि आओस् नमाज पाठ गरी अल्लाहसँग दुवा माग्ने गर्छ ।

ईस्लामीक धर्मगुरु हजरत मोहम्मद मुस्ताफाले धर्मको रक्षाका निम्ती उनले खेलेको भुमीकाको प्रसंशा गर्दै यो पर्व  विश्वभरका मुस्लीमहरुले मनाउँदै आएका छन् ।

मुस्लीमहरुको विशेष परिकार सेवई का साथै राम्रो मिठो परिकारका खाना, फलफुल प्रसाद वाडीचुडी खाने चलन छन् । यस अवसरमा समाजका गरिब मुसलमानलाई दान पनि दिइन्छ, जसलाई फिद्रा भनिन्छ । आफ्नो परिवारको सदस्यको संख्यानुसार घरका मूलीले प्रति व्यक्ति २ किलो ४५ ग्राम गहुँ वा सो बराबरको नगद वा अन्य सामान गरिब मुसलमानलाई दान गर्नुपर्ने नियम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤