Siraha Times
ताजा समाचार

हवल्दार बिष्ट उदयपुरको उत्कृष्ट प्रहरी घोषित

  • फागुन १४, २०८०
  • १४८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी, १४ फाल्गुन । जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी सहायक हवल्दार मिलन बिष्ट पौष महिनाको उत्कृष्ट प्रहरी (POLICE OF THE MONTH) घोषित भएका छन । महानगरीय प्रहरी वृत्त दरबारमार्गमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी सहायक हवल्दार बिष्टले विभागिय मुल्य–मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी बिभिन्न मुद्दाका अपराधीहरुलाई पक्राउ गरि अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएकोले पौष महिनाको उत्कृष्ट प्रहरी घोषणा गरि पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाद्वारा जारी पत्रमा उल्लेख गरिएको छ ।

हवल्दार बिष्टले २०८० पुष महिना अवधि भर फैसला कार्यन्वयको सिलसिलामा सम्मानित उदयपुर जिल्ला अदालतवाट विभिन्न मुद्धामा फरार रहेका ६ बर्ष १ महिना १२ दिन कैद र पच्चीस लाख तीन हजार आठ सय सोरह रुपैया जरिवाना भएका २१ जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएका छन् । पौष १२ गते बेलका नगरपालिका वडा नं. ८ सेती खोलाबाट सुनसरी वराहक्षेत्र नगरपालिका वडा नं. ६ बस्ने वर्ष ३६ को शंकर माझि, उदयपुर बेलका नगरपालिका वडा नं. ८ बस्ने वर्ष ४० को मुगलाल राई र वर्ष २० को सुवास राईलाई प्रतिवन्धित लागूऔषध १२ के.जि. ३४० ग्राम गाँजा सहित पक्राउ गर्न सफल भएको हो ।

पौष २७ गते कटारी नपा ७ देउलीकुनाबाट कटारी नगरपालिका वडा नं. २ बस्ने बर्ष ३० को लोक वहादुर राई र बर्ष ३१ को अर्जुन भन्ने टेक बहादुर पाचेमगरको साथबाट ६६.५८ के.जी. लागुऔषध गाँजा सहित पक्राउ गरी कानूनी दायरामा ल्याउनुका साथै पौष २१ गते बेलका नगरपालिका वडा नं. ८ आराङगा स्थित सडकमा बेबारिसे अबस्थामा मे १ च २७९९ नं. को बोलेरो गाडी दुर्घटना भएको घटनास्थलमा ६ केजी गाँजा फेला परेकोमा उक्त गाजा ओसारपसार गर्ने बेलका नपा वडा नं. ३ बस्ने बर्ष २१ को पदम बहादुर तामाड र वडा नं. १ बस्ने बर्ष २८ को बम बहादुर राईको सम्लग्नता देखिएकोले निजहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएकोले उक्त प्रशंसनिय कार्यको कदर गर्दै पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सप्तरी निवासी सव-इन् ...

उमेश कुमार साह राजबिराज । सप्तरीकाे खडक नगरपालिका वडा -१ ससिस्वा गाउँका हृदय नारायण साह र मीनाद ...

*खडक नगरपालिकामा बाल ...

ओम प्रकाश यादव  लहान वैशाख १० । खडक नगरपालिका, सप्तरी सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ् ...

१४ किलो चरेशसहित चा ...

कपिलवस्तु वैशाख ९ । कृष्णनगर नाकाबाट करिब १४ किलो लागुऔषध चरेशसहित चार जना पक्राउ परेपछि सीमावर्ती क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१