ताजा समाचार

सुस्तामा हजुरबुबा र नाति मृत अवस्थामा फेला

  • फागुन १, २०८०
  • ११९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी / फागुन ०१ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं ३ मर्चहवा बस्ने वर्ष ६५ काे अक्षयलाल चमार र निजकै नाति वर्ष ११ काे गाैचरण चमार मृत अवस्थामा फेला परेकाे नवलपरासी प्रहरीले जनाएकाे छ । दुवै जनाकाे लास घर देखि ५ सय मिटर दक्षिण तर्फ नारायणी नदिकाे ठाेकर नं ५ मा विगत ५ वर्ष देखि कच्ची खपट्टाेले छाएकाे छाप्रोमा बस्दै खेतीपाती गर्दै आईरहेकाे निज दुवै जना घरबाट १५ मिटरकाे दुरीमा उत्तानो मृत अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी डिएसपी रेशम बाेहराले जानकारी दिनुभयाे ।

स्थानियहरु मार्फत जानकारी प्राप्त हुनसाथ प्रहरी उपरीक्षक एसपी काजीकुमार आचार्यकाे कमाण्डमा प्रहरी खटाई घटना स्थलमा तालिम प्राप्त कुकुर झिकाइ थप अनुसन्धान कार्य भईरहेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । प्रहरीका अनुसार मृतकको घरमा १ छाेरा,२ नाति,१ नातिनी र १ बुहारी बस्दै आएकाेमा १ डेढ महिना देखि राेजगारकाे सिलसिलामा छाेरा भारतमा गएकाे र श्रीमान् भारत गए देखि नै मृतकका बुहारी माईती घर भारत तर्फ गएकाे बुझिएको सुचना अधिकारी बाेहराले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤