ताजा समाचार

पत्रकार तिवारीमाथी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै,महासंघद्वारा विज्ञप्ती जारी

  • माघ २४, २०८०
  • ८३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, माघ २४ । मधेश प्रदेशको रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं ९ स्थित "बाबा बैजनाथ सुगर एन्ड केमिकल प्रालि "का सञ्चालक बैजु शाहको इशारामा उखु किसानको आन्दोलनको रिपोर्टिङ गर्नका लागि उक्त ठाउँमा पुगेका रौतहटका पत्रकार कृष्ण तिवारीमाथि कुटपिट भएको थियो । कुटपिटबाट पत्रकार तिवारीको छाती र आँखाको छेउमा गम्भीर चोट लागेर घाईते भएपछि प्रहरीको सहयोगमा स्थानिय हेल्थ ल्यान्ड अस्पताल पुर्याइएको थियो उक्त अस्पतालमा उपचार सम्भब नभएपछि वीरगन्ज लगिएको थियो ।

पत्रकार कुटपिट घटनाको घोर भर्त्सना गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले एक विज्ञप्ती जारी गरेको छ । माघ २३ गते मंगलबार पत्रकार तिवारी माथि कुटपिट गरिएको थियो । घटनामा संलग्न सबैलाई कानूनी कारवाहीको लागि नेपाल पत्रकार महासंघ रौतहट शाखाले एकातिर माग गरेको छ भने अर्कोतिर आम सञ्चार प्राधिकरण ,जनकपुर धामले घटनामा संलग्नलाई हदैसम्मको कानूनी कारवाहीको माग गरेको छ । यता पत्रकार महासंघ केन्द्रीय कार्यालयले घटनामा संलग्नलाई तत्काल कानूनी दायरामा ल्याउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

थारू कल्याणकारिणी सभ ...

आशिक हुसैन शेख दोहा, कतार । थारु कल्याणकारिणी सभा (थाकसा) कतार च्याप्टरअन्तर्गत महिला विभागद्वारा आय ...

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤