पत्रकार तिवारीमाथी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै,महासंघद्वारा विज्ञप्ती जारी

  • माघ २४, २०८०
  • ६४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, माघ २४ । मधेश प्रदेशको रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं ९ स्थित "बाबा बैजनाथ सुगर एन्ड केमिकल प्रालि "का सञ्चालक बैजु शाहको इशारामा उखु किसानको आन्दोलनको रिपोर्टिङ गर्नका लागि उक्त ठाउँमा पुगेका रौतहटका पत्रकार कृष्ण तिवारीमाथि कुटपिट भएको थियो । कुटपिटबाट पत्रकार तिवारीको छाती र आँखाको छेउमा गम्भीर चोट लागेर घाईते भएपछि प्रहरीको सहयोगमा स्थानिय हेल्थ ल्यान्ड अस्पताल पुर्याइएको थियो उक्त अस्पतालमा उपचार सम्भब नभएपछि वीरगन्ज लगिएको थियो ।

पत्रकार कुटपिट घटनाको घोर भर्त्सना गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले एक विज्ञप्ती जारी गरेको छ । माघ २३ गते मंगलबार पत्रकार तिवारी माथि कुटपिट गरिएको थियो । घटनामा संलग्न सबैलाई कानूनी कारवाहीको लागि नेपाल पत्रकार महासंघ रौतहट शाखाले एकातिर माग गरेको छ भने अर्कोतिर आम सञ्चार प्राधिकरण ,जनकपुर धामले घटनामा संलग्नलाई हदैसम्मको कानूनी कारवाहीको माग गरेको छ । यता पत्रकार महासंघ केन्द्रीय कार्यालयले घटनामा संलग्नलाई तत्काल कानूनी दायरामा ल्याउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

जितिया पर्वमा आधारित ...

बिरेन्द्र प्रसाद नेपाल सिरहा, १ असोज । थारु समुदायको संस्कृति र जितिया पर्वसँग सम्बन्धित थारु लघु चल ...

नवराजपुर-१ श्री अवधि ...

ओम प्रकाश यादव लहान, १ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ स्थित श्री अवधि फेकनी आधारभूत विद् ...

शिक्षा नै प्रगतिको आ ...

लहान / भदौ ३१ । स्वतन्त्र नाई संघ (एस.एन.एस) को आयोजनामा काठमाडौं गौशालास्थित मिथिला थालीमा मंगलबार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१