ताजा समाचार

प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित लहानबाट एक जना पक्राउ

  • मंसिर २२, २०८०
  • १२८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मंसिर २२ । सिरहा प्रहरीले ठुलो परिमाणमा प्रतिवन्धित लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक एवम प्रहरी प्रवक्ता रविन्द्र राज पाण्डेका अनुसार प्रहरीले लहान ८ माखन भोग होटलबाट सिरहाकै वडियारपट्टी गाउँ पालिका १ बडहरीका ४६ वर्षिय ग्रिस प्रसाद यादवलाई ४९ ग्राम नौ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनुषा र प्रहरी चौकी लहानबाट खटिएको संयुक्त प्रहरी टोलिले होटलमा बसिरहेको अबस्थामा यादवमाथि शंका लागि चेकजाँच गर्ने क्रममा उनले लगाएको ज्याकेटको बायाँ पट्टीको खल्तीबाट प्लाष्टिकमा पोको पारी राखिएको प्लाष्टिक सहित ५१ ग्राम नौ सय मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणका लिएको थियो ।प्रहरीले यादवले प्रयोग गरेको स ७ प ५९७ नम्वरको मोटर साईकलसमेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता पाण्डेले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤