मंसिर २२ । सिरहा प्रहरीले ठुलो परिमाणमा प्रतिवन्धित लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक एवम प्रहरी प्रवक्ता रविन्द्र राज पाण्डेका अनुसार प्रहरीले लहान ८ माखन भोग होटलबाट सिरहाकै वडियारपट्टी गाउँ पालिका १ बडहरीका ४६ वर्षिय ग्रिस प्रसाद यादवलाई ४९ ग्राम नौ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनुषा र प्रहरी चौकी लहानबाट खटिएको संयुक्त प्रहरी टोलिले होटलमा बसिरहेको अबस्थामा यादवमाथि शंका लागि चेकजाँच गर्ने क्रममा उनले लगाएको ज्याकेटको बायाँ पट्टीको खल्तीबाट प्लाष्टिकमा पोको पारी राखिएको प्लाष्टिक सहित ५१ ग्राम नौ सय मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणका लिएको थियो ।प्रहरीले यादवले प्रयोग गरेको स ७ प ५९७ नम्वरको मोटर साईकलसमेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता पाण्डेले बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
सप्तरीको सीमावर्ती क्षेत्रमा प्रहरीमाथि आक्रमण : सुरक्षाकर्मी नै असुरक्षित, स्थानीय सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved