Siraha Times
ताजा समाचार

अनुदानको गेहुँवीउँ वितरणमा कर्मचारीको व्यापक कालोबजारी

  • मंसिर २०, २०८०
  • १५३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार- २० मंसिर, सिराहा। सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा अनुदानको गेहुँको वीउँ वितरण कार्यमा व्यापक कालोबजारी हुने गरेको छ। किसानका लागि उपलब्ध गराएको गेहुँको वीउँमा पालिकाका कर्मचारी तथा जनप्रतिनिधिको खुल्मखुल्ला बढी मुनाफा कमाउने आड्मा व्यापक ब्रहम्लुट गरेको पाइएको छ। अहिलेको मार्केिट बजार मुल्य प्रतिकिलो रु.८० रहेको छ। तर, त्यहीँ वीउँ पालिकाले प्रतिकिलो १०० को दरले किसानलाई वितरण गर्ने गरेको छ। अर्थात रु.५० अनुदान र रु. ५० किसानलाई बेहोर्नु पर्ने उल्लेख छ। प्रतिकिलो २० रुपैयाँ नाफा पालिका कर्मचारी तथा जनप्रतिनिधि लिदै आएका छन् । लक्ष्मीपुर पतारी गाउँपालिकामा जम्मा ६ वटा वडाहरु छन् र प्रत्येक वडालाई ८० बोरा गेहुँको वीउँ दिइने पालिकाले निर्णय गरिएको थियोे ।

अनुदानको नाममा ब्रहम्लुट गर्नेलाई पालिकाका कर्मचारी तथा जनप्रतिनिधिलाई कार्यवाही नभए हामी सम्पुर्ण पालिकाबासी पालिका विरुद्ध जोडदार रुपमा उत्रिने केदारनाथ यादव बताउँछन् । मंगलबार गेहुँ वीउँ लिन पुगेका लक्ष्मीपुर पतारी १ र ३ वडाका किसान रमेश्वर / दिनेश यादव दिउँसै अफिस, सटर बन्द गरेर भागाभाग भए । ती दुवै जना सिफारिस चुपचाप घर फर्किए । यो सँगै , उहाँहरु लगायत दर्जनौं बढी किसानले लाइनमा लागि रहदा भने - अधिकृत अशोककुमार सिँहको जबसम्म पालिकामा घुसखोर , कमिसनखोर , भ्रष्टाचारी , अनियमितता र ठगी कार्य बन्द हुदैनन् तबसम्म जनता र किसान ठग्गिदै रहन्छ । जन-मानसको यस्तो प्रतिक्रिया सुनेर प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिँहलाई मो. ९८४४८६२७४१ मा फोन गर्दा फोन उठेन् ।

सेवाग्राही किसानहरुका अनुसार - प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिँहले अधिकाँश विकास निर्माण कार्यमा अनियमितताको गन्ध फैलिदै जाँदा निलम्बित र जागिर जाने डरले सानोतिनो फाइलमा हस्ताक्षर गर्न पनि डराउँछन्। यो सँगै लक्ष्मीपुर पतारी गाउँपालिकाले किसानको वितरणका लागि ल्याएका विभिन्न जातका गेहुँ वीउँ - एनएल, भृकुटी, विजय जातका वीउँ किसानलाई वडा कार्यालयको सिफारिसको आधारमा प्रति किसान २० किलोको दरले वितरण आएको छ।

त्यसैगरी , सोही पालिकाका केदारनाथ यादव \ देवनाथ शाह भन्छन् - हाम्रो लक्ष्मीपुर पतारी गाउँपालिका कर्मचारी र जनप्रतिनिधिको कारण पुर्णरुपले अस्तव्यस्त , लथालिङ्ग बन्द गएको छ। अहिलेको अधिकृत अशोककुमार सिँहलाई नेपाल सरकार सरुवा नगरे पुर्णरुपले पालिका बर्बाद हुने दाबी गरेका छन् । सिँहले गेहुँ बीउ देखि लिएर करार कर्मचारी भर्ना , निर्माण कार्य कैयौं अनियमितता र क्रियाकलापको पर्दाफास हुने बताएका छन् । यतिबेला अधिकृत अशोककुमार सिँह फाइल खुल्ने डरले पुरै त्रसित छन् ।

पालिकाअध्यक्ष तथा पुर्व ऐजेन्ट चतुरान्नद ठाकुर जतिबेला पालिकाभित्रै ठगी आरोपमा बदनाम हुन्छ । लेखा भरत दासको सबै ठाउँमा कमिसनखोर लिला चौतर्फी चर्चामा आएको छ खुल्मखुल्ला लिन्छ कमिसन । यता , गेहुँ वीउँ वितरणमा अनियमितताका विशेष आरोपित लक्ष्मीपुर पतारी कृषि विकास शाखा प्रमुख चतुर उर्फ इन्द्र नारायण चौधरीलाई मो . ९८२३४३७२७३ मा फोन गर्दा , भने - प्रतिकिलो ९० रुपैयाँ परेको छ। लोडिङ्ग भाडासहित प्रतिकिलो १० रुपैयाँमात्र नाफा लिइएका छौं ।

प्रतिक्रिया दिनुहोस

जलवायु उत्थानशील कृष ...

रहमुल, लहान २१ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिँदै गएको चुनौतीलाई न्यूनीकरण गर्दै कि ...

डिआइजीको नाम भजाएर त ...

रंजित चौरसिया, वीरगंज २१ भदौ । बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी प्रशासनकै मिल ...

जन्माष्टमीको अवसरमा ...

शियाराम यादव ,भदौ-२०  । श्रीकृष्ण जन्माष्टमीको पावन अवसर पारेर यादव सेवा समाज दोहा, कतारको नयाँ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१