ताजा समाचार

कबडी खेल प्रतियोगिता नहरामा ऐतिहासिक बन्दै

  • कार्तिक २८, २०८०
  • १२८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २८ कार्तिक । हिजो आज खेलप्रति युवाहरु आकर्षित हुदै जादा सिरहाको भगवानपुर गाउँपालिका २ थ्री स्टार संघ नहराको समन्वय र सहकार्यमा गा.पा. को आयोजनामा अन्तर पालिका कबडी प्रतियोगिता खेल शुरु भएको छ । खेलको उदघाटन तथा ओपनिंगमा लहान न.पा.२३ र नवराजपुर गाउँपालिका १ बिच खेल भएको थियो । विगत २०७३ सालदेखि टिम नहराले प्रत्येक बर्ष लक्ष्मी पुजा र छठको अवसरमा पारि आफ्नै लगानीमा आयोजना गर्दै आइरहेका थिए भने यसपाली पालिकाको साथ पाएर खेलाडीको उत्साह झनै बढेको देखिए ।

शारीरिक स्फ्रुत गर्न, शरिरमा फुर्ति बढाउन, रोग ब्याधिसंग लडन, लतमा फसेका युवालाई नियन्त्रण गर्न तथा यस क्षेत्रका कबडी खेलाडीलाई राष्ट्रिय अन्तर्राष्ट्रिय जगतसम्म चिनाउन  यो खेलको आयोजना हरेक बर्ष भैरहेको आयोजकले जनाएका छन । 

कार्यक्रमको अध्यक्षतामा स्टार अध्यक्ष धर्मी यादव प्रमुख अतिथि संघिय सांसद माननीय रामशंकर यादव, बिशिस्ट अतिथिहरु भगवानपुर गा.पा. उग्रनरायण यादव, सखुवानन्कारकट्टी गा.पा. अध्यक्ष केदारनाथ यादव लगायत अतिथिहरुको रुपमा सम्पुर्ण वाडा अध्यक्षहरु रहेको थियो ।  कार्यक्रम प्रस्तुता सन्जय कुमार यादव रहेको थियो भने सुरक्षा ब्यबस्थापनको सम्पुर्ण जिम्मा भगवानपुर प्रहरी चौकीका इन्चार्ज प्र.स.नि. मुन्ना साहको रहेको थियो ।

May be an image of 9 people

May be an image of 6 people and dais

प्रतिक्रिया दिनुहोस

सातौ मेयर गोल्डकप–२० ...

ओम प्रकाश यादव लहान, कार्तिक ९ । सप्तरीमा कार्तिक १ गतेदेखि सञ्चालन भएको ‘सातौ मेयर गोल्ड ...

जसपा नेपाल नरहा–२ मा ...

रहमुल, लहान , ९ कार्तिक। जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका–२ मा वडा ...

लहानमा ‘घर–घरको शान, ...

लहान, कार्तिक ८ । घरमा शौचालय नहुँदा खुला ठाउँमा दिसापिसाब गर्न बाध्य नागरिकका लागि सरसफाइ स्वास्थ्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤