रहमुल लहान २८ कार्तिक । हिजो आज खेलप्रति युवाहरु आकर्षित हुदै जादा सिरहाको भगवानपुर गाउँपालिका २ थ्री स्टार संघ नहराको समन्वय र सहकार्यमा गा.पा. को आयोजनामा अन्तर पालिका कबडी प्रतियोगिता खेल शुरु भएको छ । खेलको उदघाटन तथा ओपनिंगमा लहान न.पा.२३ र नवराजपुर गाउँपालिका १ बिच खेल भएको थियो । विगत २०७३ सालदेखि टिम नहराले प्रत्येक बर्ष लक्ष्मी पुजा र छठको अवसरमा पारि आफ्नै लगानीमा आयोजना गर्दै आइरहेका थिए भने यसपाली पालिकाको साथ पाएर खेलाडीको उत्साह झनै बढेको देखिए ।

शारीरिक स्फ्रुत गर्न, शरिरमा फुर्ति बढाउन, रोग ब्याधिसंग लडन, लतमा फसेका युवालाई नियन्त्रण गर्न तथा यस क्षेत्रका कबडी खेलाडीलाई राष्ट्रिय अन्तर्राष्ट्रिय जगतसम्म चिनाउन यो खेलको आयोजना हरेक बर्ष भैरहेको आयोजकले जनाएका छन ।

कार्यक्रमको अध्यक्षतामा स्टार अध्यक्ष धर्मी यादव प्रमुख अतिथि संघिय सांसद माननीय रामशंकर यादव, बिशिस्ट अतिथिहरु भगवानपुर गा.पा. उग्रनरायण यादव, सखुवानन्कारकट्टी गा.पा. अध्यक्ष केदारनाथ यादव लगायत अतिथिहरुको रुपमा सम्पुर्ण वाडा अध्यक्षहरु रहेको थियो । कार्यक्रम प्रस्तुता सन्जय कुमार यादव रहेको थियो भने सुरक्षा ब्यबस्थापनको सम्पुर्ण जिम्मा भगवानपुर प्रहरी चौकीका इन्चार्ज प्र.स.नि. मुन्ना साहको रहेको थियो ।



प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved