ताजा समाचार

कल्याणपुर सडकमा गुणस्तरहीन वस्तुको प्रयोग

  • कार्तिक २६, २०८०
  • १२१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव ,कार्तिक २६ । सिराहा जिल्लाको विवादित नगरपालिकाको रूपमा परिचित कल्याणपुर नगरपालिकाको सडकहरूमा गुणस्तरीयता कायम नगरी बनाइँदै छ । मिर्चैया - कल्याणपुर -सिरहा सडक खण्डमा पिच हुदै आएको अवस्थामा सडकको बारेमा निकाय गम्भीर नहुँदा सडकमा गुणस्तर हिन वस्तुको प्रयोग भइरहेको अवस्था रहेको पाईन्छ । कल्याणपुर नगरपालिकाको वडा नं ९ डुमरी स्थित निर्माणाधिन सडकको पिच नहुँदै सडकमा कमजोरी देखा पर्न थालेका छन ।

निर्माणाधिन सडकको अवस्थामा सकारात्मक सुधार हुन जरुरी रहेको अवस्थामा एकले अर्कालाई नहोच्याई सकारात्मक सडक सुधारमा ध्यान दिन जरुरी रहेको छ । कल्याणपुर नगरपालिकाको अधिकांश भाग ग्रामीण ईलाका भएको कारण बर्सेनि सडक हिलाम्मेको सास्तिबाट मुक्ति पाउनका लागि बनिरहेको सडकको पिच हतारमा निर्माण हुँदा अत्यधिक सवारी साधनको चाप रहेको उक्त सडक एक दुई महिना पनि नटिक्ने भएकोले कमिसनको खेलमा भन्दा पनि सडकको गुणस्तरमा निकायले ध्यान केन्द्रित गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤