भ्रष्ट अधिकृत साह र लेखापाल संजय पटेल भ्रष्टाचार गर्नमा माहिर

  • कार्तिक २४, २०८०
  • ८५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २४ कार्तिक। छिपहरमाई गाउँपालिकाको भ्रष्ट प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहको सरुवा भए पछि सो गाउँपालिका अधिकृत बिहिन बन्न पुगेको छ । भ्रष्टाचारको मामिलामा गन्हाईसकेका सिकेन्द्र साह कही कतै पनि लामो समयसम्म बस्न नसकेको जनाईएको छ । उनको आनीबानी र भ्रष्टाचार गर्ने शैलीले सम्बन्धित पालिकाका जनप्रतिनिधि र कर्मचारीहरु असन्तुष्ट नै रहने गरेको बताईन्छ ।

रौतहट जिल्लाको चन्द्रनिगाहपुर निवासी अधिकृत साहले बारा जिल्लाको देवताल गाउँपालिका, रौतहटको देवाही गोनाही नगरपालिका हुदै छिपहरमाईमा हाजिर भएका थिए । उनी करिब चार महिना छिपहरमाईमा बिताए पछि उनको सरुवा धनुषा जिल्लाको बिदेह नगरपालिकामा भएको बुझिएको छ । भ्रष्टाचारको मामिलामा ताण्डव मच्चाउदै हिडने अधिकृत साहको सरुवा भए पनि लेखापाल संजय पटेल हाल छिपहरमाईमा नै कार्यरत्त रहेका छन् । अधिकृत साह जस्तै लेखापाल पटेलले पर्सा जिल्लाको विभिन्न गाउँपालिकामा कार्यरत्त रहंदै छिपहरमाईमा करिब एक वर्ष देखि रहेका छन् ।

यस भन्दा अगाडि पनि छिपहरमाईमा कार्यरत्त रही सकेका पटेल एक वर्षको अवधिमा तीन वटा अधिकृतको सरुवा भए पनि उनी छिपहरमाईमा नै छन् । लेखापाल पटेल पर्सा जिल्ला निवासी भए पनि उनको जन्म सामान्य परिवारमा भएको हो । तर उनी सह–लेखापालबाट लेखापाल बन्दै आजको दिनमा करोडौं करोड खेलाउन हैसियत राखेका पटेल वीरगंजको राधेमाईमा जमिन सहित करोडौं मुल्य पर्ने घर किन्न सफल भएका छन् ।

अन्य लेखापालहरु भन्दा छुटै पहिचान बनाएका भ्रष्ट संजय पटेलले जगरनाथपुर गाउँपालिकामा हुँदा धरौटीका रकम करिब चार करोड र छिपहरमाईमा करिब दुई करोड स्वाहा पारेको स्रोतको कथन रहेको छ । उनको जागिरको सानै अवधि भए पनि सानै उमेर समुहका रहेका लेखापाल संजय पटेल वीरगंजमा अन्य ठाउँमा पनि घडेरी किनेको स्रोतले बताएको छ ।

पटेलले कुनै पनि सेवाग्रहीहरुको चेक काटदा अग्रिम नै पिसी (पर्सनल कमिशन) लिने गर्ने गरेको बताईन्छ । भ्रष्ट अधिकृत सिकेन्द्र साह र लेखापाल संजय पटेल जस्ता भ्रष्टाचारीहरु माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभाग लगायतका नियमनकारी निकायले आवश्यक छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउंदा धरौटीका रकम फिर्ता नपाएका सेवाग्रहीहरु घर न घाटका भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहाको नवराजपुर ३ क ...

ओम प्रकाश यादव लहान १३ कार्तिक । सिरहा जिल्लाको दक्षिणी सिमासंग जोडिएका नवराजपुर गाउँपालिका वडा ...

पत्रकार सम्मेलन मार् ...

बिरेन्द्र प्रसाद नेपाल  कार्तिक १२  लहान नगरपालिका-१० बाट सुरु भएका खुट्टी नहर ६० वर्ष भन् ...

मधेस प्रदेशमा जनमत प ...

कार्तिक १२ लहान । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१