ताजा समाचार

धनगढी बजारमा झिझिया जारी

  • कार्तिक ३, २०८०
  • १३१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,कार्तिक ३ । सिरहाको धनगढीमाई १० को धनगढी बजारमा झिझिया जारी रहेको छ । स्थानिय दुर्गा भवानीको मन्दिर परिसरमा जारी झिझियाले स्थानीयमा खुशियालीको महसूस भइरहेको छ । यतिबेला मधेशमा झिझिया नृत्यको रौनक बढिरहेको छ । बडा दसैंको कलश यात्राको शुरुवातसँगै स्थानीय दुर्गा भवानीको शक्ति पीठमा बेलुका विधिपूर्वक पूजापाठ गरी मिथिला संस्कृतिको मौलिकता झल्किने लोकसाहित्य अन्तर्गतको झिझिया नृत्यको रौनक यतिबेला धनगढी बजारमा देख्न सकिन्छ ।

बेलुका झपक्क साझ परेपछि गाउँ गाउँबाट आएका विभिन्न झिझिया टोलीले धनगढी बजारको दुर्गा भवानीको मन्दिरमा पूजा पाठ गरेर मन्दिरको परिक्रमा गरी , मन्दिरको अगाडि तर्फ बनाएको गेटबाट स्टेजमा उद्घोष गरे पश्चात गएर आ आफ्नो प्रतिभा देखाउनका लागि झिझिया टोली प्रस्थान गर्दै आएको छ । उलेखनिय भक्तजनहरूको उपस्थिति हुँदै आएको यस झिझिया मेलामा धनगढी बजारको झिझियाको व्यबस्थापकिय पक्ष अत्यन्त राम्रो रहेको छ ।

झिझिया टोलीले सबैभन्दा पहिला डीहिवारको पूजा गरेर झिझियाको शुरुवात गर्दछ । झिझियाको मुख्य गीतको रूपमा रहेको " तोहरे भरोसे बरहम बाबा झिझिया बनेलीयै हो , बरहम बाबा झिझिया पर होईय सवार " गीत गाएर झिझियाको शुरू गर्ने गरिन्छ । कलात्मक हिसावले गोलो प्वाल पारिएको माटोको घैंटा भित्र बलिरहेको दियो टाउकोमा राखेर झिझिया खेल्ने गरिन्छ ।

टाउकोमा घैटा राखेर नाचिने यो नृत्य आजभोलि डिजे साउण्डको सुर तालमा समेत आयोजना हुँदै आएको छ । मधेशका शक्ति पीठहरुमा यतिबेला बेलुका अबेला रातिसम्म झिझिया नृत्य प्रतियोगिता पनि जारी रहेको अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤