ताजा समाचार

नैनपुर सडकखण्डप्रति मेयर/ उपमेयरकाे ध्यानाकर्षण आवत जावतमा सहजता

  • असोज २१, २०८०
  • १२८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज २१ । सिराहा जिल्लाको धनगढीमाई नैंनपुर सडकखण्ड प्रति नगरको ध्यानाकर्षण भए पछि आवत जावतमा सहजता भएको छ । पूर्व पश्चिम राजमार्गको स्थानिय आप चोक देखि उत्तर सर्रे खोला समिपका बस्तीहरूमा जानको लागि बनाईएको सडकको बेहालको विषयमा लेखिएको सामाचार प्रकाशन भएको एक घण्टा नबित्दै निकायको ध्यानाकर्षण भएको भनी फोन नार्फत बताइएको थियो ,

स्थानिय धनगढी बजार भएर राष्ट्रका विभिन्न ठाउँहरूमा आवात जावतका लागि बनाइएको सडकको मध्य भागमा पानी जमेर आवत जावत प्रभावित भएको अवस्थामा लेखिएको सामाचार प्रकाशन प्रति तत्काल नगर प्रमुख र उपप्रमुखको ध्यानाकर्षण भएर पानी जमेर पोखरी भएको ठाउँमा ग्रावेल माटो हालिए पछि आवत जावतमा सहजता भएको छ । प्रकाशित समाचारलाई सकारात्मक रूपमा बुझेका नगर प्रमुख शिवशंकर महतो र उप प्रमुख संगिता कुमारी चौधरीलाई यतिबेला सडक एरियाका सबैले धन्यबाद ज्ञापन गर्दै विकासप्रति अगाडि बढ्नका लागि आग्रह समेत गरेका छन् ।

स्थानिय सडकको दायाँ बायाँ स्थानियले मिचेर सडकलाई सागुरो गरी पानी निकास बन्द गरेपछि सडकमा पानी जम्दै आएको अवस्था रहेको थियो । धनगढीमाईको मुख्य सडकको रूपमा रहेको यस सडक भएर स्थानिय विद्यालयहरूमा अध्ययन गर्नका लागि जाने विद्यार्थीहरुलाई समेत समस्या उत्पन्न भइरहेको अवस्थामा सडकमा हालिएको ग्रावेल माटोले आवत जावतमा सहजता भएको छ ।

सकारात्मक रूपमा प्रस्तुत भएको नगरको यस कार्यले सबैतिर सकारात्मक सन्देश पुगेको आभाष गरिएको छ यद्यपि नगरका विभिन्न ठाउँहरूमा बाटोको सुधार हुन भने बाकी छ ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहाको सुखीपुरबाट ५ ...

ओम प्रकाश यादव लहान, असोज २६ । सिरहाको सुखीपुर नगरपालिका–२, छजनाबाट प्रहरीले ठूलो परिमाणमा प्र ...

लहानका नगर प्रमुख मह ...

ओम प्रकाश यादव लहान, असोज २६ । सिरहाको लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले एकै दिन तीन म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤