Siraha Times
ताजा समाचार

यात्रुबाहक बस दुर्घटनामा दुई जनाको मृत्यु अन्य घाईते

  • असोज १५, २०८०
  • १३५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल ,१५ असाेज । सिराहा स्थित पूर्व पश्चिम राजमार्गको मिर्चैया सडक खण्डमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रु बाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परी अन्य २५ जना घाइते भएका छन भने ती मध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनामा परी घाइते भएका सबैको गोलबजार स्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी जनकपुर उपमहानगर पालिका वडा नं २० को ५० वर्षीय अनिल कुमार झा र मिर्चैया नगरपालिका वडा नं २ बस्ने ४० वर्षीय राजकुमार सदायको ज्यान गएको मिर्चैया प्रहरीले जनाएको छ । दुर्घटना हिजो दिउसो करिब ३ बजेर १५ मिनेटमा भएको बुझिएको छ,भने गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१