ताजा समाचार

अस्पतालका दुई पूर्व र एक हालका कर्मचारीको मिलोमतोमा लाखौंको सामान चोरी गरी विक्रि गरेको आरोप

  • असोज ३, २०८०
  • ९२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज ०३ असोज । नारायणी अस्पताल वीरगंजमा कार्यरत्त भ्रष्टाचार गर्नमा माहिर मानिएका तत्कालिन स्टोर प्रमुख नायब सुब्बा सुशिल यादव, लेखापाल सुदिप माझी र हाल नारायणी अस्पताल मै कार्यरत्त सहायक स्टोर प्रमुख खरीदार दामोदर अधिकारीले अस्पतालको लाखौंको सामान चोरी गरेर विक्रि गरेको रहस्योदघाटन भएको छ । अस्पतालको पश्चिमतर्फ जिर्ण अवस्थामा रहेको दुई वटा दुईतले भवन केही महिना पहिला भत्काउँदा त्यसमा रहेको पुरानो सामग्रीहरु तीनै जना मिलेर बेंची सोबाट आएको अबैध रकमबाट भागबण्डा लगाएको समाचार स्रोतले जनाएको छ ।

दुई तले रहेको एउटा भवनमा ८ वटा कोठाहरु र अर्को भवनमा ६ वटा कोठाहरु रहेको थियो । अस्पतालका सहायक स्टोर प्रमुख खरीदार दामोदर अधिकारीले सबै सामग्रीहरु अस्पतालमै रहेको दाबी गरे पश्चात सञ्चारकर्मीहरुको एक टोली सोमबार स्थलगत रुपमा रिपोर्टिङ्ग गर्दा सो भवनबाट निस्केको काम नलाग्ने पुरानो सामग्रीहरु केही मात्रामा रहे पनि बाकी सबै काम लाग्ने सामग्रीहरु गायब रहेको पाईयो ।

पर्सा जिल्लाको एक जना प्रदेशसभा सदस्य मेरो आफ्न्त रहेको धाक लगाउदै खरीदार अधिकारीले आफुभन्दा सिनियर कर्मचारीहरुलाई नटेरी अस्पतालमा चुईफुई गर्ने गरेको कर्मचारीहरुले नै गुनासो गरेका छन् । सो भवनबाट निस्केको झ्याल, ढोका, कुर्सी, सोफा, फर्निचर लगायत हार्डवेरका अधिकांश समानहरु गायब पारी विक्रि गरिएको अस्पतालकै एक कर्मचारीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।

अस्पतालबाट निस्केका पुरानो समानहरु विक्रि गर्नु पर्दा निलामी प्रक्रियामा जानु पर्ने प्रावधान रहे पनि बिना निलामी ठिक (काम लाग्ने) अवस्थामा रहेका लाखौंको सामानहरु विक्रि गरिएको समाचार स्रोतले जनाएको छ । अस्पतालका तत्कालिन स्टोर प्रमुख यादव, लेखापाल माझी र हाल कार्यरत्त सहायक स्टोर प्रमुख अधिकारीले एक आपसमा तालमेल गरी आफ्नो व्यक्तिगत लाभको लागि असपतालका पुरानो समानहरु बिक्री गरि लाखौं रकम भ्रष्टाचार गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार पुर्व लेखापाल माझी, नायब सुब्बा यादव र वर्तमान खरीदार अधिकारीले आपसी तालमेल गरेरै कैयो पटक नियम विपरीत पुरानो समान बिक्री गरेर, नक्कली बिलबिजक समेत पेस गरेर अस्पतालको बजेटबाट लाखौं रकम हिनामीना गरेको स्रोतले जनाएको छ ।

लेखापाल माझी हाल आन्तरीक राजस्व कार्यालाय वीरगंजमा कार्यरत्त रहे पनि भ्रष्टाचार गर्नकै लागि उनी रकमको बलमा पुनः नारायणी अस्पतालमै आउने तरखरमा रहेको उनका निकटवर्तीहरुले बताएका छन् । त्यसैगरी भ्रष्ट प्रवृतिका नायब सुब्बा यादव सहरी सघंन कार्यालयमा कार्यरत रहे पनि दुई दिन पहिला भ्रष्टाचार गर्नकै लागि पुनः नारायणी अस्पतालमै सरुवा गराएकोमा आज, भोलीमै हाजिर हुने अस्पतालकै एक उच्च पदस्त अधिकारीले बताए ।

अस्पतालको सामग्रीहरु चोरी भएको विषयमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साह सँग फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा उनले अस्पतालको चारै तिरबाट कम्पाउण्डवाल र गार्ड नभएको कारण सामनहरु चोरी हुदै आएको बताए । अस्पतालको पूर्वपट्टी रहेको भवनमा मात्र चार वटा गार्ड रहेको बताउदै पश्चिमपट्टीको भवनमा गार्डहरु नभएकै कारण चोरी हुदै आएको र अस्पतालका केही छिमेकी र अस्पतालकै केही कर्मचारीहरुले नै चोरी गरेको आफुले पनि सुन्ने गरेको बताए । आफ्नो पालामा पुरानो भवन नभत्केकोले सो बारे आफुलाई खासै जानकारी नभएको र पछि जानकारी लिदै जाँदा अस्पतालका कर्मचारीहरुकै मिलोमतोमा चोरी भएको प्रतिक्रिया दिए ।

हाल अस्पताल सञ्चालनका लागि विभिन्न कमीकमजोरी र समस्या रहेको स्विकार गर्दै सो समस्याहरुलाई समाधान गर्न हरेक हप्ता काठमाडौं धाउदा पनि न मन्त्रालयले न त विभागले नै कुनै वास्ता गरेको बताए । आफु आए देखि अस्पतालमा सकेजति सुधार गरेको डा. साहले दाबी समेत गरे । त्यसैगरी खरीदार दाममोदर अधिकारी संग अस्पतालमै पुगी प्रतिक्रिया लिन खोजदा उनले सो बारेमा आफुले केही बोल्न नसक्ने प्रतिक्रिया दिए । अस्पतालको बेतिथि र सामानहरु गायब भएको समाचार बाहिर आउँदा समेत अस्पताल प्रशासन वा नियमनकारीले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउँदा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

आर्थिक अभावले घरमै प ...

रहमुल,लहान ११ असोज । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकी घरमै असुरक्षित रूपमा शिशुलाई जन्म दिन ...

नालाको पानी निकासका ...

रामअधार यादव रौतहट असोज ११ । रौतहटको कटहरिया नगरपालिका–५ स्थित पोखरीनजिकै पानी निकासका लागि सड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤