ताजा समाचार

एलएमसी तथा महाकवि विद्यापति क्याम्पसका नयाँ प्रमुखमा यादव चयन

  • असोज २, २०८०
  • १७४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लाहान । सिराहाका लाहान स्थित एलएमसी तथा महामकवि विद्यापति क्याम्पसको नयाँ प्रमुखमा बिरेन्द्र कुमार यादव चयन भएका छन् । श्रमजीवी शिक्षकहरुको संस्था भनेर छुट्टै पहिचान बनाएको एलएमसी कलेजले संचालकहरुको सर्वसहमतीमा नयाँ क्याम्पस प्रमुख चयन गरेका हुन् ।

एलएमसी कलेज स्थापना भएदेखि नै संचालकहरु मध्येबाट प्रमुखको जिम्मेवारी सम्हाल्दै गरेको थियो भने यसपटक कलेजमा कार्यरत प्राचार्यलाई प्रमुख बनाईएको कलेजका अध्यक्ष मोहन साहले जानकारी दिएका छन् । सुरुवात देखि नै संचालकहरु मध्येका एक सदस्य मनोज कुमार कर्ण क्याम्पस प्रमुखको जिम्मेवारीमा रहेको र वहाँको कार्यब्यस्तताको कारण अर्को प्रमुख चयन गर्नुपरेको अध्यक्ष साहले स्पस्ट पारे ।

अर्का संचालक सदस्य महेश कुश्वाहाका अनुसार शिक्षकहरूबाट क्याम्पस प्रमुख चयन हुनु भनेको अन्य शिक्षकहरूको हौसला बढ्नु पनि हो । रहयो कुरा वर्तमान प्रमुख विरेन्द्र यादवको त वहाँले लामो समय कलेज कोर्डिनेटरको रुपमा काम गरिसक्नु भएको छ । वहाँलाई शैक्षिक गतिविधि बारे पूर्णतः अवगत भएको हुनाले अबको शैक्षिक सुधारको सम्पुर्ण जिम्मेवारी वहाँमाथी छ ।

क्याम्पस प्रमुख चयन प्रक्रिया पूरा भए लगत्तै प्रमुख यादवलाई असोज १ गते बिश्वकर्मा पुजाकै दिन एक औपचारिक कार्यक्रम गरि पदभार ग्रहण गराईएको छ । पदभार ग्रहण पश्चात् नवनियुक्त प्रमुख बिरेन्द्र यादवले भने 'सर्वप्रथम म संचालक समितिलाई धन्यवाद तथा आभार प्रकट गर्न चाहन्छु । मेरो कार्यकालमा यस संस्थाले एउटा नयाँ शैक्षिक उचाई पाउने आशा गरेको छु। जिम्मेवारी बढेको छ । थप जिम्मेवारी संगै यस क्याम्पसको उन्नति र प्रगतिमा लागि पर्ने प्रतिबद्धता गर्दछु ।'

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤