एलएमसी तथा महाकवि विद्यापति क्याम्पसका नयाँ प्रमुखमा यादव चयन

  • असोज २, २०८०
  • १४९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लाहान । सिराहाका लाहान स्थित एलएमसी तथा महामकवि विद्यापति क्याम्पसको नयाँ प्रमुखमा बिरेन्द्र कुमार यादव चयन भएका छन् । श्रमजीवी शिक्षकहरुको संस्था भनेर छुट्टै पहिचान बनाएको एलएमसी कलेजले संचालकहरुको सर्वसहमतीमा नयाँ क्याम्पस प्रमुख चयन गरेका हुन् ।

एलएमसी कलेज स्थापना भएदेखि नै संचालकहरु मध्येबाट प्रमुखको जिम्मेवारी सम्हाल्दै गरेको थियो भने यसपटक कलेजमा कार्यरत प्राचार्यलाई प्रमुख बनाईएको कलेजका अध्यक्ष मोहन साहले जानकारी दिएका छन् । सुरुवात देखि नै संचालकहरु मध्येका एक सदस्य मनोज कुमार कर्ण क्याम्पस प्रमुखको जिम्मेवारीमा रहेको र वहाँको कार्यब्यस्तताको कारण अर्को प्रमुख चयन गर्नुपरेको अध्यक्ष साहले स्पस्ट पारे ।

अर्का संचालक सदस्य महेश कुश्वाहाका अनुसार शिक्षकहरूबाट क्याम्पस प्रमुख चयन हुनु भनेको अन्य शिक्षकहरूको हौसला बढ्नु पनि हो । रहयो कुरा वर्तमान प्रमुख विरेन्द्र यादवको त वहाँले लामो समय कलेज कोर्डिनेटरको रुपमा काम गरिसक्नु भएको छ । वहाँलाई शैक्षिक गतिविधि बारे पूर्णतः अवगत भएको हुनाले अबको शैक्षिक सुधारको सम्पुर्ण जिम्मेवारी वहाँमाथी छ ।

क्याम्पस प्रमुख चयन प्रक्रिया पूरा भए लगत्तै प्रमुख यादवलाई असोज १ गते बिश्वकर्मा पुजाकै दिन एक औपचारिक कार्यक्रम गरि पदभार ग्रहण गराईएको छ । पदभार ग्रहण पश्चात् नवनियुक्त प्रमुख बिरेन्द्र यादवले भने 'सर्वप्रथम म संचालक समितिलाई धन्यवाद तथा आभार प्रकट गर्न चाहन्छु । मेरो कार्यकालमा यस संस्थाले एउटा नयाँ शैक्षिक उचाई पाउने आशा गरेको छु। जिम्मेवारी बढेको छ । थप जिम्मेवारी संगै यस क्याम्पसको उन्नति र प्रगतिमा लागि पर्ने प्रतिबद्धता गर्दछु ।'

प्रतिक्रिया दिनुहोस

जितिया पर्वमा आधारित ...

बिरेन्द्र प्रसाद नेपाल सिरहा, १ असोज । थारु समुदायको संस्कृति र जितिया पर्वसँग सम्बन्धित थारु लघु चल ...

नवराजपुर-१ श्री अवधि ...

ओम प्रकाश यादव लहान, १ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ स्थित श्री अवधि फेकनी आधारभूत विद् ...

शिक्षा नै प्रगतिको आ ...

लहान / भदौ ३१ । स्वतन्त्र नाई संघ (एस.एन.एस) को आयोजनामा काठमाडौं गौशालास्थित मिथिला थालीमा मंगलबार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१