नेपालमै बनेको यामाहाको नयाँ संस्करण लाहानमा, ग्राहक आकर्षित भएको दावी

  • असोज २, २०८०
  • ८१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लाहान । सिराहा जिल्लाका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एस एस अटो सेन्टर लहानले एफजेडएस एफ आइ भी थ्री (FZ-S V3) को नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ। सार्वजनिक भएको हप्ता नबित्दै ग्राहकहरुको आवतजावत अत्यधिक भएकोले यस मोडलले नेपाली ग्राहकलाई आकर्षित गरेको एस एस सेन्टरको दावी छ ।

शोरुममा एक कार्यक्रमका बीच उद्योग वाणिज्य संघ सिराहा लाहानका अध्यक्ष बिकास शारडाले यो मोेडलको मोटरसाइकलको औपचारिक रुपमा बिक्री शुभारम्भ गरेका थिए । शुभारम्भ पछि बोल्दै शारडाले स्वदेशमै बनेको मोटरसाइल चढ्न पाउनु नेपालीको लागि गर्वको बिषय भएको बताएको थियो । स्वदेशी माटोमा बनेको यो मोटरसाइकलले ग्राहकको मन जित्ने उनले विश्वास व्यक्त गरेका थिए । यो मोटरसाइकल जस्तै अन्य उत्पादनहरु नेपालमै बन्न सके आयात कम हुने र नेपाली अर्थतन्त्रमा ठुलो राहत मिल्ने उनको भनाई थियो।

मोटरसाइकलको बिशेषता बारे जानकारी दिदै एस एस अटो सेन्टर ले नयांँ डिजाइन , नयांँ लुक्स , माइलेज बढी दिने यो मोटरसाइकल नेपाली ग्राहक मैत्री हुने विश्वास व्यक्त गरेका थिए। बिक्रेताको अनुसार ‘मोटरसाइकल प्रेमीहरूको मनमा बस्न सफल मोडेल हो यो । त्यसैले हामी यसको नयाँ रङ विकल्पहरू, नेभी ब्लू र मेटालिक ग्रे तथा राइडिङको अनुभव बढाउने रोमाञ्चक अपडेटहरू सहितको नयाँ भेरियन्ट सार्वजनिक गर्न पाउँदा हर्षित छौं ।’

फ्युल इन्जेक्शन १४९ सीसी सहित यामाहाको उत्कृष्ट टेक्नोलोजीमा निर्मित एफ आइ भी थ्री (FZ-S V3) मा एयर कूल्ड फोर(स्ट्रोक १४९ CC SOHC, दुई भल्भ, एकल,सिलिन्डर ईन्धन,इन्जेक्टेड इन्जिन माउन्ट गरिएको छ , जसले रोकिएको अवस्थाबाट उच्च गतिमा जाँदाको अनुभूति र ओभरटेक गर्दाको रमाईलो अनुभूतिलाई थप रोमान्चक बनाउने छ। यसबाहेक, यो मोटरसाइकल डुअल डिस्क ब्रेक र अगाडि एकल च्यानल एबीएसले सुसज्जित छ।

यो विशेष मोटरसाइकल मेटालिक ग्रे र नेभी ब्लुको नयाँ रङहरूमा उपलब्ध रहेको, नयाँ ब्याकलाइट डिजाइनले यस मोटरसाइकलको सौन्दर्यमा आधुनिक र स्टाइलिस देखिएको सेन्टरको दावी छ । एफ आइ भी थ्री (FZ-S V3) उत्कृष्ट ह्यान्डलिंग र मस्कुलर डिजाइनका लागि प्रतिष्ठित छ । यो मोटरसाइकलको मुल्य ४ लाख ४ हजार रुपैंया तोकिएको छ ।

सोरुमका अनुसार धेरै नयाँ डिलक्स संस्करणले यामाहाको स्पोर्टीनेस, स्टाइल र उत्साहका विशेषताहरूलाई साँच्चै झल्काउने छ। यामाहा एफ आइ भी थ्री (FZ-S V3) ले सधैं आफ्नो दायरा फराकिलो पार्दै प्रदर्शन र शैलीको सन्दर्भमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । यामाहा एफजेड सिरिजले नेपाली बजारमा २००८ देखि आफ्नो विरासत बनाइरहेको छ। यामाहा मोटर्सद्वारा उत्पादित मोटरसाइकलहरूको यो लोकप्रिय लाइन यसको प्रदर्शन उन्मुख सुविधाहरूको साथमा स्पोर्टी र उन्नत शैलीका लागि परिचित छ। बजारबाट प्राप्त सुझाव र प्रतिक्रियालाई निरन्तर सुधार गर्न प्रतिबद्ध रहँदै एफजेड श्रृंखलाले नियमित अन्तरालमा यसका विशिष्टता र सुविधाहरू थप गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

किसान कार्ड मार्फत क ...

रहमुल लहान २३ भदौ राष्ट्रिय कृषक समुह महासंघ नेपाल द्वारा CARE नेपाल को सहयोग र सखुवानन्कारकट्टी गाउ ...

मधेशमा पहिलोपटक सरका ...

रहमुल लहान २३ भदौ मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रमा स्ना ...

आगलागीको त्रासमा बाच ...

नरेशचन्द्र बरबरिया सिरहा भदौ २२ गते । सिरहा जिल्लाको सिरहामा आफै आगो सल्केर घरको सम्पूर्ण सरसमान जले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१