ताजा समाचार

गणेश चौथी धुमधामसंग मनाइँदै

  • असोज १, २०८०
  • १२९० पटक पढिएको
  • सिरहा टाइम्स
alt फाइल फोटो

विनोद मण्डल असोज १ । आज गणेश चौथी, घर घरमा विशेष आस्था र निष्ठाका साथ मनाइदै छ । हरितालिका तीजको भोली पल्ट यो पर्व पर्ने गर्दछ । बर्त बस्ने महिलाहरुले एकाबिहानै गणेशको पूजा गरी दिनभर नाचगान र ब्रत बस्ने गर्छन् । भगवान गणेशको जन्म भाद्र महिनाको शुक्ल पक्षको चतुर्थी तिथिका दिन भएकोले प्रत्येक वर्ष यस दिनलाई 'गणेश चौथी' भनेर मानिन्छ यसदिन कसैको हानी नोक्सानी पुर्याए त्यसको पाप नलाग्ने विश्वास गरिन्छ ।

त्यसैले यसदिन चौथी हान्ने गरिएको पनि पाइन्छ । आजको दिन श्रद्धापूर्वक श्री गणेशको व्रत लिनाले गणेश भगवान् प्रसन्न भई व्रतालुहरूले चिताएको फल प्रदान गर्ने धार्मिक मान्यता रहेको छ । मधेशमा चौर्चन भनेर चिनिन यो पर्व भाद्र शुक्लपक्षको चौथी तिथिका दिन मनाइन्छ । मधेशी समुदायले यस पर्वको वर्त लिएर साँझपख आँगनमा पूजा गर्ने गर्दछन् । पूजाको लागि चामलको पिठोको कलात्मक पकवान बनाई , आँगनमा लिपेर पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गर्ने गर्दछन् । यस पूजामा नयाँ माटोको भाँडोमा दही राखेर केरा, मिठाई फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर देवीदेवतालाई अर्घ दिने चलन रहिआएको पाईन्छ ।

चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यता भए अनुसार चौर्चनमा परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काँक्रा, घरमा तयार पारेको पकवान, मिठाई, गाजरजस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा छ । यस दिन प्रसाद बनाउने र बेलुका पूजा गर्ने भएकाले अहिले घरघरमा महिलाहरु प्रसाद बनाउनमा व्यस्त रहेका छन् । हाम्रो संस्कृतिमा भगवान् गणेशलाई मङ्गलकारक देवताका रूपमा पूजा गर्ने परम्परा छ । यिनको पूजाबाट भक्तका समस्त सङ्कट र कष्ट समाप्त हुन हुने जनविश्वास रहिआएको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सुखीपुरमा १९ करोड १५ ...

रहमुल, लहान, २२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा संघीय सरकारको रु. १९ करोड १५ लाखको लागतमा निर्माण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤