विनोद मण्डल, भदौ ३० । सिरहाको धनगढीमाई १४ स्थित मदन भण्डारी स्मृति माविमा विशेष कार्यक्रमको आयोजना गरी बाल दिवस मनाइएको छ । वाडा अध्यक्ष अमित ठकुरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बालबालिकाहरुलाई विविध विधामा आफ्ना प्रतिभाहरू प्रस्तुत गर्न लगाएर कार्यक्रम गरिएको थियो । विद्यालय परिसरमा रहेको नवनिर्मित मञ्चमा आज पहिलो कार्यक्रमको रूपमा बाल दिवस मनाइएको छ । " बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी" भन्ने मूल नाराका साथ मदन भण्डारी स्मृति माविद्वारा आयोजित कार्यक्रममा CMC Nepal को सहकार्य रहेको थियो ।
आयोजित कार्यक्रम अन्तर्गत विविध कार्यक्रममा सहभागी मध्ये उत्कृष्ट लगायतलाई प्रमुख अथिती अमित ठकुरीले पुरस्कार वितरण गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि लगाएत सबैलाई कार्यक्रमको सान्दर्भिकता माथि प्रकाश पार्दै प्रध्यानाध्यापक रेखा राईले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको स्वरूपको बारेमा शिक्षक राजेन्द्र मगरले आफ्ना भनाई राख्दै विषय वस्तुमाथि प्रवेश गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
सप्तरीको सीमावर्ती क्षेत्रमा प्रहरीमाथि आक्रमण : सुरक्षाकर्मी नै असुरक्षित, स्थानीय सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved