ताजा समाचार

नवराजपुर घटनाप्रति कडा बन्दै अध्यक्ष वनैता

  • भदौ १६, २०८०
  • १२९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ १६ । सिरहाको नवराज गाउँपालिकामा भदौ ९ गते सोमबार दिनको करिब ३ बजेको समयमा भएको अराजक गतिविधिप्रति कडा बन्दै आएको छ, नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैता । नवराजपुर गाउँपालिका-३ फुलबरिया स्थित सार्वजनिक पोखरी विवादले उग्र रुप लिंदै पालिकाको ट्र्याक्टर तोडफोड भईरहेको दृश्यको रिपोर्टिङ गर्दै गरेको बखत नेपाल पत्रकार महासंघ सिराहा शाखाका पूर्व अध्यक्ष तथा वरिष्ट पत्रकार दिनेश्वर प्रसाद गुप्ता र पत्रकार जयनाथ यादवलाई उक्त तोडफोडमा सहभागी अराजक समूहले पत्रकारद्वयमाथि सांघातिक हमला गर्दै रिपोर्टिङका बेला प्रयोग भएको मोबाईल समेत लिएको विषयलाई लिएर जिल्ला स्थित प्रेस संगठनहरुले विज्ञप्तिमार्फत कानुनी कारवाहीको माग गरिरहेको अवस्थामा नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैतालाई विभिन्न राजनीतिक दलको फोन आउन थाले पछि स्पष्ट भाषामा अध्यक्ष बनैता लेख्नु हुन्छ " पत्रकारलाई दुर्वव्यहार गर्नेको बचाउको पक्षमा महासंघ कसैको सुन्नेवाला छैन । भुपमुनी नेताजीहरु, हजुरहरुको कसरत बेकार हो । नामै सार्वजनिक गर्नु नपरोस, पार्टीको नाम सहित "।

निवर्तमान अध्यक्ष पत्रकार गुप्तामाथि स्थानिय स्वर्गीय रबिन्द्र यादवको अन्दाजी २० वर्षको छोरा कमलेश यादव नेतृत्वको समुहले अचानक हमला गरि मोबाईल लुटपाट गरेको नेपाल पत्रकार महासंघ सिराहा शाखाको ठहर छ । दोषीलाई कानूनी कारवाही अघि बढाएर देशको चौथो अंगको रुपमा रहेको पत्रकारितालाई मजबूत बनाउन सबैको दायित्व भएकोले अध्यक्ष बनैताले अघि बढाएको कार्यलाई चौतर्फी स्वागत योग्य रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सडक नाटकमार्फत लहान– ...

ओम प्रकाश यादव लहान, असोज १३ । लहान नगरपालिकाको वडा नं. ४ मा ‘घर–घरको शान, स्वच्छता अभिय ...

जसपा नेपाल सिरहामा ६ ...

ओम प्रकाश यादव लहान असोज १३ । जनता समाजवादी पार्टी, नेपाल जिल्ला समिति सिरहाको समायोजन तथा विस्तारित ...

लहान–१३ घलेटोलमा ‘घर ...

ओम प्रकाश यादव, लहान, असोज १२ । लहान नगरपालिका–१३ घलेटोलमा ‘घर–घरको शान, स्वच्छता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤