Siraha Times
ताजा समाचार

बर्दघाटमा दुर्घटना हुदा १ जनाकाे मृत्यु २ जना घाईते

  • असार ७, २०८०
  • १०५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/असार ७ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ५ बण्डाखाेला स्थित हिजाे राति ११ माेटरसाईकल अनियन्त्रित भई पल्टिँदा उपचारकाे क्रममा १ जनाकाे मृत्यु भएकाे छ भने २ जना घाईते भएका छन् । पुर्वबाट पश्चिम तर्फ जादै गरेको यु पि ५७ जेड ८९८१ नम्बरको भारतिय मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक तथा मोटरसाइकलमा सवार अन्य दुईजना व्यक्तिहरु घाईते भई उपचारको लागी सामुदायिक चिसापानी अस्पताल बर्दघाट पठाए पछि माेटरसाईकल चालककाे अवस्था गम्भीर रहेकाेले थप उपचारकाे लागि मेडिकल कलेज भैरहवा रिफर गरेपछि अस्पतालले आज बिहान १:४० बजे मृत घाेषणा हाे ।

दुर्घटना स्थलमा ईलाका प्रहरी कार्यालय बर्दघाट बाट प्रशरी सहायक निरिक्षक लक्ष्मण रास्कोटीको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिई मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भाेजराज पाण्डेले जानकारी दिनुभयाे । मृत्युु हुने जिल्ला नवलपरासी सुस्ता गाउँपालिका वडा नं २ बस्ने बर्ष १९ को ओमनारायण चौधरी रहेकाे तथा माेटरसाईकलमा पछाडी सवार साेहि ठाउँ बस्ने बर्ष १८ को जयकिसन चौधरीको ढाडमा भित्री भागमा चोट लागि अवस्था सामान्य रहेकाे र साेहि ठाउँ बस्ने बर्ष २२ को विसाल मुखियाको शरिरको विभिन्न भागमा चोट लागि अवस्था सामान्य रहेकाे सुचना अधिकारी पाण्डेले बताउनुभयो । मृतकको शव पाेष्टमार्टमको लागी भिम अस्पताल भैरहवामा पठाएकोमा पाेष्टमार्टम पश्चात लास आफन्तले बुझि लागेको र घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको सुचना अधिकारी पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिकाको ...

सिराहा, असोज १ । धनगढीमाई नगरपालिकाले आफ्नो ११औँ स्थापना दिवस तथा सीप, श्रम, शिल्पकार र निर्माणका आव ...

खापानी टोलमा सडक नाट ...

ओम प्रकाश यादव, लहान असोज १ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता ...

मधेशमा स्वास्थ्य सुश ...

रहमुल, लहान, १ असोज । मधेश प्रदेशमा स्वास्थ्य सेवा सुधारका लागि संवैधानिक अधिकार, सरकारी नीति, बजेट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१