ताजा समाचार

लाहान नगरपालिकाद्वारा पत्रकार महासङ्घलाई जग्गा

  • जेठ ५, २०८०
  • ९३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ०५, जेठ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिरहाको सम्पर्क कार्यालय स्थापनाका लागि लहान नगरपालिकाले आज औपचारिक रुपमा कार्यपालिकाको निर्णय सहितको पत्र हस्तान्तरण गरेको छ । नगर प्रमुख महेश प्रसाद चौधरी र प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमले संयुक्त रुपमा महासंघका सिरहा जिल्ला सभापति मनोज बनैता यादवलाई बिधिवत रुपमा सो पत्र हस्तान्तरण गरेका हुन् ।

लहान– ५ स्थित नगरपालिकाको स्वामित्वमा रहेको नागरिक सचेतना केन्द्रको निर्मित भवन तत्कालका लागि महासंघलाई दिएको छ, भने सोहि स्थानमा नगरपालिकाकै स्वामित्वमा रहेको १० धुर जग्गा समेत आवश्यक भवन सहितको संरचना बनाउने गरी प्रदान गरेको महासंघका सभापति यादवले बताए ।

उनले भने, ‘महासंघको सम्पुर्ण काम सिरहा सदरमुकाम स्थित रहेको कार्यालयबाट नै हुनेछ ।, महासंघको सम्पर्क कार्यालय लहानमा स्थापनागर्नका लागि लामो समय सम्म जग्गा र भवनका लागि पहल गरेका थियौं ।, जग्गा प्राप्तिले पत्रकारहरुको संस्थागत विकासमा कोशेढुंगा सावित हुने बताउँदै उहाँले नगरपालिकालाई धन्यवाद दिएका छन् ।’

गत २०७९ चैत्र २२ गते नगर कार्यपालिकाको बैठकले महासंघलाई जग्गा र भवन उपल्बध गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤