बाईक दुर्घटनामा एकको मृत्यु

  • वैशाख ४, २०८०
  • १२६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल वैशाख ३। सिरहाको भगवानपुर सडखण्डमा अन्तर्गत महेसबारी स्थित मोटर साइकल एकापसमा ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने बाकी ५ जना घाइते भएका छन् । लहानबाट भगवानपुर तर्फ जाँदै गरेको मोटर साइकल र लहानतर्फआउँदै गरेको मोटरसाइकल एकापसमा स्थानिय परियारपुर चोकदेखि करिब ५० मीटर उत्तर सडकमा ठोकिएर दुघर्टना हुँदा सखुवानकारकट्टी ४ का करीब २५ वर्षिय अमित पसमानको लहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ भने अर्का घाइते सचिन पासमानको उपचार भइरहेको छ ।

करिब बेलुका ६.१५ बजे बेलुका भएको दुर्घटनामा परी सप्तरी मौवाहाका ४५ वर्षीय शिवकुमार यादव , ३०वर्षीय पवित्रा देवी यादव , १० वर्षिय सुशान्त कुमार यादव सख्त घाइते भएका थिए । घाइते सबैलाई स्थानिय सप्तऋषि अस्पताल पुर्याइएको थियो तर अवस्था गम्भीर भएको हुनाले करिब ८.४५ बजे विराटनगर रेफर गरीएको छ । प्रत्यक्ष दर्शिकाअनुसार दुई बाइकमा ३/३ जना सवार रहेका थिए ।

इलाका प्रहरी लहानका टोली अस्पताल पुगेर थप विवरण लिइरहेको छ भने तत्काल अस्पताल पुगेर संकलन विवरण अनुसार यो सामाचार तयार पारिएको छ । थप अनुसन्धान जारी घाइते लाई सप्तऋषि अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगर लागिएको हो। थप विवरण आउन बाँकी

प्रतिक्रिया दिनुहोस

कपिलवस्तु प्राविधिक ...

कपिलवस्तु, माघ १७ । कपिलवस्तु मा २०५४ सालमा स्थापित कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा प्रशिक्षणरत पहि ...

सामाजिक उत्तरदायित्व ...

ओम प्रकाश यादव लहान, माघ १७ । सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. ३ मा अवस्थित नाइटिङ्गेल स्कुलका ...

सिराहा–१ को चुनावी म ...

लहान माघ १७ । आसन्न निर्वाचनलाई लक्षित गर्दै सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१