ताजा समाचार

बाईक दुर्घटनामा एकको मृत्यु

  • वैशाख ४, २०८०
  • १४९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल वैशाख ३। सिरहाको भगवानपुर सडखण्डमा अन्तर्गत महेसबारी स्थित मोटर साइकल एकापसमा ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने बाकी ५ जना घाइते भएका छन् । लहानबाट भगवानपुर तर्फ जाँदै गरेको मोटर साइकल र लहानतर्फआउँदै गरेको मोटरसाइकल एकापसमा स्थानिय परियारपुर चोकदेखि करिब ५० मीटर उत्तर सडकमा ठोकिएर दुघर्टना हुँदा सखुवानकारकट्टी ४ का करीब २५ वर्षिय अमित पसमानको लहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ भने अर्का घाइते सचिन पासमानको उपचार भइरहेको छ ।

करिब बेलुका ६.१५ बजे बेलुका भएको दुर्घटनामा परी सप्तरी मौवाहाका ४५ वर्षीय शिवकुमार यादव , ३०वर्षीय पवित्रा देवी यादव , १० वर्षिय सुशान्त कुमार यादव सख्त घाइते भएका थिए । घाइते सबैलाई स्थानिय सप्तऋषि अस्पताल पुर्याइएको थियो तर अवस्था गम्भीर भएको हुनाले करिब ८.४५ बजे विराटनगर रेफर गरीएको छ । प्रत्यक्ष दर्शिकाअनुसार दुई बाइकमा ३/३ जना सवार रहेका थिए ।

इलाका प्रहरी लहानका टोली अस्पताल पुगेर थप विवरण लिइरहेको छ भने तत्काल अस्पताल पुगेर संकलन विवरण अनुसार यो सामाचार तयार पारिएको छ । थप अनुसन्धान जारी घाइते लाई सप्तऋषि अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगर लागिएको हो। थप विवरण आउन बाँकी

प्रतिक्रिया दिनुहोस

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤