ताजा समाचार

खेलकूदले सदभाव र अनुशासित बनाउँछः नेता बरबरिया

  • चैत २७, २०७९
  • ११२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका पूर्व मेयर उदय कुमार बरबरिया (यादव) ले खेलकूद आपसी सदभाव बनाउनुको साथै अनुसाशित बनाउन मदत गरेको बताएका छन् । मँगलबार शहिद कामेश्वर–कुशेश्वर स्मृति फुटबल प्रतियोगिताको उदघाटन गर्दै पूर्व मेयर एवम् नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य समेत रहेका नेता बरबरियाले खेलको माध्यमबाट दुई देशलाई समेत जोडन सकेको ईतिहास सुनाए । शहिदनगर व्यापार संघ यदूकुहाका अध्यक्ष राजदेव साहको अध्यक्षता तथा पूर्व मेयर बरबरियाको प्रमुख आतिथ्यमा मँगलबारदेखि सुरु भएको शहिद कामेश्वर–कुशेश्वर स्मृति फुटबल प्रतियोगिताको क्रममा उनले खेलकुदले एकआपसमा सद्भाव बढ्ने , अनुशासित बन्ने , शारीरिक एबम मानसिक बिकासमा वृद्धि हुने, भाइचाराको सम्बन्ध बढ्ने बताए । 

खेलकुद प्रति सबैको ध्यानाकर्षण हुनुपर्ने बताउँदै उनले आफ्नो मेयरको कार्यकालमा प्रदेश स्तरीय खेलकुदहरु समेत गराएको उल्लेख गरे । उदघाटन कार्यक्रममा शहिदनगर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष मनोज दास, वडा नं. ५ का वडाध्यक्ष सुरेश कापर , ईलाका प्रहरी कार्यलय प्रमुख बिष्णुहरी ढकाल , यदुकोहा सशस्त्र प्रहरी प्रमुख , सोनिगामा सशस्त्र प्रहरी प्रमुख सागर राई , माओवादी केन्द्रको वडा पार्टी अध्यक्ष श्याम चौधरी , एकिकृत अखिल नेपाल शिक्षक संगठनको जिल्ला उपाध्यक्ष श्रीकृष्ण भिनवार यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤