जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका पूर्व मेयर उदय कुमार बरबरिया (यादव) ले खेलकूद आपसी सदभाव बनाउनुको साथै अनुसाशित बनाउन मदत गरेको बताएका छन् । मँगलबार शहिद कामेश्वर–कुशेश्वर स्मृति फुटबल प्रतियोगिताको उदघाटन गर्दै पूर्व मेयर एवम् नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य समेत रहेका नेता बरबरियाले खेलको माध्यमबाट दुई देशलाई समेत जोडन सकेको ईतिहास सुनाए । शहिदनगर व्यापार संघ यदूकुहाका अध्यक्ष राजदेव साहको अध्यक्षता तथा पूर्व मेयर बरबरियाको प्रमुख आतिथ्यमा मँगलबारदेखि सुरु भएको शहिद कामेश्वर–कुशेश्वर स्मृति फुटबल प्रतियोगिताको क्रममा उनले खेलकुदले एकआपसमा सद्भाव बढ्ने , अनुशासित बन्ने , शारीरिक एबम मानसिक बिकासमा वृद्धि हुने, भाइचाराको सम्बन्ध बढ्ने बताए ।
खेलकुद प्रति सबैको ध्यानाकर्षण हुनुपर्ने बताउँदै उनले आफ्नो मेयरको कार्यकालमा प्रदेश स्तरीय खेलकुदहरु समेत गराएको उल्लेख गरे । उदघाटन कार्यक्रममा शहिदनगर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष मनोज दास, वडा नं. ५ का वडाध्यक्ष सुरेश कापर , ईलाका प्रहरी कार्यलय प्रमुख बिष्णुहरी ढकाल , यदुकोहा सशस्त्र प्रहरी प्रमुख , सोनिगामा सशस्त्र प्रहरी प्रमुख सागर राई , माओवादी केन्द्रको वडा पार्टी अध्यक्ष श्याम चौधरी , एकिकृत अखिल नेपाल शिक्षक संगठनको जिल्ला उपाध्यक्ष श्रीकृष्ण भिनवार यादव लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
सप्तरीको सीमावर्ती क्षेत्रमा प्रहरीमाथि आक्रमण : सुरक्षाकर्मी नै असुरक्षित, स्थानीय सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved