सन्दीपविरुद्धको मुद्दामा डाक्टर र साहब आलमको बकपत्र लिन आदेश

  • चैत २६, २०७९
  • ९१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

चैत्र २६ ।नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आज अदालतले थप दुई व्यक्तिका बकपत्र लिन आदेश दिएको छ। आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले दुई जना व्यक्तिका बकपत्र लिन आदेश दिएको हो। अदालतले सन्दीपका साथी क्रिकेट खेलाडी साहब आलम र जाहेरीकर्ताको मेडिकल जाँच गर्ने डाक्टरको बकपत्र लिन आदेश दिएको छ। लामिछानेका वकिल मुरारी सापकोटाले वादी पक्षले दुई जना साक्षीको वकपत्र नभएकाले तिनलाई बुझ्ने आदेश गरिपाउँ भन्दै निवेदन दिएका थिए। सोही अनुसार दुई जना व्यक्तिका बकपत्र लिन आदेश दिएको बताइएको छ। आजको सुनवाइ यत्तिमै सकिएको छ। अर्को पेशी भने तोकिएको छैन। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध  भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस

मन्त्री गुप्ताको पहल ...

रहमुल, लहान १५ माघ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीमा विगत दशौँ वर्षदेखि किसानह ...

६४ औं राष्ट्रिय नर्स ...

वीरगंज १५ माघ। आज नेपाल नर्सिङ संघ, पर्सा शाखाद्वारा ६४औँ राष्ट्रिय नर्स दिवसको उपलक्ष्यमा वीरगञ्ज न ...

उज्यालो पार्टीका उम् ...

बोदे बर्साईन , सप्तरी : १५ माघ – उमेश कुमार साह उज्यालो नेपाल पार्टी सप्तरीले क्षेत्र नं ४ मा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१