ताजा समाचार

पाल्हिनन्दनमा बाघकाे आक्रमणबाट २ जना गम्भीर घाइते

  • चैत १६, २०७९
  • १२५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी / चैत १६ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं ४ बैरवा स्थित बाघकाे आक्रमणबाट २ जना गम्भीर घाईते भएका छन् । आज बिहान करिव ६ बजेकाे समयमा बैरवाकाे आपँ र बासघारीकाे बगैंचा बाघले एक्कासि आक्रमण गरेकाे हाे । बाघकाे आक्रमणबाट बैरवा निवासी ४५ वर्षिय गजेन्द्र काेईरी र पाल्हिनन्दन ६ लङ्डीपाकड बस्ने १८ वर्षिय सम्पत भर घाईते भएकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भाेजराज पाण्डेले जानकारी दिनुभयाे ।

काेईरीकाे मुख,नाक र ओठमा चाेट लागेकाे छ भने भरकाे खुट्टामा चाेट लागेकाे र दुवै जनाकाे अवस्था सामान्य रहेकाे सुचना अधिकारी पाण्डेले बताउनुभयो । घाईतेहरुकाे पाल्हिनन्दन अस्पताल लाेहराैलीमा उपचार भईरहेकाे छ भने बाघ अहिलेसम्म साेही बगैंचामा लुकेर बसेकाले वन कार्यालयका प्राबिधिक टाेलीले नियन्त्रणमा लिनकाे लागि घटनास्थल तर्फ पुगि सकेकाे भए पनि अहिले सम्म बाघ नियन्त्रण आउन नसकेकाे सुचना अधिकारी पाण्डे जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤