ताजा समाचार

बर्दघाटको खजुरा खोलामा पक्की पुल निर्माणका लागि शिलान्यास

  • चैत १२, २०७९
  • ९७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/चैत १२ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका अन्तर्गत वडा न. ५ र १६ जोड्ने खजुरा खोलामा पक्की पुल निमार्णका लागि शिलान्यास गरिएको छ । उक्त पुलको आज प्रतिनिधिसभा सदस्य विनोद चौधरीले शिलान्यास गर्नुभयो । कुल रु ९ करोड ७७ लाखको लागतमा ३० महिना भित्र निर्माण सम्पन्न हुने लक्ष्य लिएको पुल संघीय सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा निर्माण हुन लागेको हो । पुल को शिलान्यास गर्दै प्रतिनिधि सभा सदस्य चौधरीले ठेकेदार कम्पनीले तोकिको समय भित्रै काम सम्पन्न गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पुल निमार्णपछि त्रिवेणी धाम पुग्न सबैभन्दा नजिकको बाटो हुने विश्वास लिइएको छ । ७५ मिटर लम्बाइ र ११ मिटर चौडाइमा निर्माण हुने पुल निर्माण भएपछि नवलपरासी ( बर्दघाट– सुस्ता पश्चिम ) जिल्लाको ग्रामीण क्षेत्रको यातायातको पहुँच विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤