ताजा समाचार

मदरसामा नयाँ शैक्षिक सत्र देखि पाठ्यक्रम लागू गर्न सरोकारवालाको माग

  • चैत १, २०७९
  • ८९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, चैत्र १ कपिलवस्तु जिल्लाको कृष्णनगरमा राष्ट्रीय मदरसा संघ नेपालको आयोजनामा मुस्लिम समुदायका अगुवा तथा मदरसाका शिक्षक हरु बिच मदरसामा पाठ्यक्रम लागू गर्ने बिषयमा छलफल भएको छ l राष्ट्रीय पाठ्यक्रम विकास केन्द्रले तत्काल मदरसाको पाठ्यक्रम निर्माण गरि नयाँ शैक्षिक सत्र देखि लागु गर्न मुस्लिम समुदायका अगुवा तथा मदरसाका शिक्षक हरूले माग गरेका छन् l
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले मदरसा हरूको पाठ्यक्रम २०८० को शैक्षिक सत्र देखि दर्ता भएका मदरसा हरूमा लागु गर्न माग गर्दै मदरसाको केही पाठ्यक्रम तयार भैसकेको बताउदै अन्य पाठ्यक्रम हरू निर्माण गरि पाठ्यक्रम अनुसार पाठ्यपुस्तक छपाई गराई मदरसा हरूमा उपल्बध गराउन माग गर्दै मदरसाको पाठ्यक्रम निर्माणमा आफूहरू हरेक सहयोग गर्न तयार रहेको समेत बताए साथै मशहूदले मदरसाको पाठ्यक्रम तयार भइ लागू गरेमा एन ओ सी को समेत समस्या समाधान हुने बताएl उक्त छलफल कार्यक्रममा जाबेद आलम खान, किफायतुल्ला खान, डा. शहाबुद्दीन, जहिर अहमद बरेलवी, मौलाना असलम मदनी, मास्टर अब्दुल हासिब, अब्दुल अजिज, मोहम्मद स्हाक,असरफ खान, मौलाना मुबारक , मौलाना मुबारक हुसैन शैख अब्दुल नूर अब्दुल समद खां नेपाली लगायत रहेका थिए l
 

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤