”मिर्चैया महोत्सव उद्घाटन गर्दै प्रचण्डले भने आँप जोनको रुपमा विकास गर्छु”

  • माघ २८, २०७५
  • १६२३ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सिरहालाई आँप जोनको रुपमा बिकास गर्ने बताएका छन् । सिरहाको मिर्चैयामा  आज (सोमबार)  “प्रथम  मिर्चैया  महोत्सब  २०७५”  लाई  उद्घाटन  गर्दै अध्यक्ष    प्रचण्डले सिरहालाई आँप जोनको रुपमा बिकास गरी उत्पादिक आँपलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने बताएका छन् । उनले भने “सिराहा जिल्ला आँप उत्पादनमा नेपालकै अग्रणी जिल्ला हो, यहाँको आँपको माग विश्वभरि छ, सिरहालाई आँपको जोनको रुपमा विकास गर्न पहल गर्नेछु, यहाँको आँप स्वादिष्ट पनि छ ।”

9

धानखेतीका लागि पनि सिरहा जिल्ला उर्वर भुमि रहेको भन्दै उनले यसलाई धानको सुपरजोनको रुपमा विकास गर्न आफ्नो तर्फबाट सहयोग रहने  प्रतिबद्धता  व्यक्त गरे  ।  नागरिकता  सम्बन्धी विधेयक संसदमा पेस भएर छलफल चलिरहेको भन्दै उनले नागरिकताको समस्या चाडै समाधान हुने बताए । उनले भने “अब जन्मसिद्ध नागरिकका छोराछोरीको समस्या सदाका निम्ति समाप्त हुँदैछ, अब नागरिकताको समस्या रहँदैनन् ।”

4

मधेसी जनताको हक, अधिकारको पक्षमा संविधान संशोधनको लागि लगातार पहल गरिरहेको समेत उनले बताए । उनले मधेसी जनताको आवश्यकता अनुसार  संविधान  संशोधन  गर्दै  जाने  भनेर प्रधानमन्त्री  केपी ओली,   आफुु र उपेन्द्र यादवले हस्ताक्षर गरेको बताए । उनले मधेसको विकास निर्माणमा सरकारको ध्यान कम हुनेछ कि भनेर शङ्का नगर्न आग्रह गर्दै मधेसको विकास गरे मात्रै मधेसी जनताको आकाक्षा सम्बोधन गर्न सकिने बताए ।

2

‘नेकपाले मधेशमा पूर्वाधार निर्माणका प्याकेज अगाडि सारेको समेत उनले दाबी गरे । तराई मधेसको निम्ति झण्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको समेत उनले स्पष्ट गरे । सिँचाई र खानेपानी समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयमा कुरा राखेको भन्दै प्रचण्डले सुनकोसी कमला, डाइभर्सनले प्रदेश २ का कृषि क्षेत्रमा कायापल्ट हुने जिकिर गरे । पूर्वाधार विकास, उत्पादन वृद्धि, रोजगारी सृष्टि, निर्यात बढाउने र आयात घटाउने काममा पार्टी र सरकार लागि परेको अध्यक्ष प्रचण्डको भनाई छ ।

3

कार्यक्रमलाई सम्बोधन गर्दै मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले मिर्चैया नगरपालिका सिरहा जिल्लामा मात्र सिमित नरहेको बताए । मिर्चैया शिक्षाको हबको रुपमा बिकास हुँदै गएको भन्दै उनले यहाँ सिरहा बाहेक अन्य जिल्लाको बिद्यार्थीहरु पढ्नका लागि आईरहेको बताए । उनले भने “सगरमाथाको चुचरोमा पुग्ने मुख्य प्रबेशद्धारा मिर्चैया हो, मिर्चैयालाई विश्वमा चिनाउनका लागि विशेष योजना ल्याई विकास गर्नुपर्ने छ, यसको लागि केन्द्र सरकारसंग आवश्यक सहयोगको अपेक्षा गरेको छु, ।” राष्ट्रिय राजमार्गसंग जोडिने सहायक सडक संजाललाई विकासका लागि पहल गरिदिन् प्रचण्ड समक्ष समेत उनले आग्रह गरे ।  उद्घाटन समारोहमा बिभिन्न जातजाती, भाषा संस्कृतिको झाँकी प्रदर्शन गरिएको थियो ।

6

“समृद्ध मिर्चैयाको आधार–कृषि, उद्योग, पर्यटन र व्यापार” मुल नारा सहित आजदेखि सुरु भएको महोत्सवले धार्मिक पर्यटकीय स्थलहरुको विकास, उद्योग, व्यापार, पर्यटन, जडिबुटी, कृषि उद्यमलाई विकसित गर्दै समृद्ध मिर्चैया निर्माणसँगै अर्थतन्त्रलाई आत्मनिर्भरता तर्फ अग्रसर गराउने लक्ष्य रहेको छ । करीब ५० लाखको लागतमा भईरहेको महोत्सवमा १ सय ३१ वटा स्टलको ब्यबस्था गरिएको छ भने ४ लाखको हाराहारीमा दर्शक सहभागी गराउने आयोजकको लक्ष्य रहेको छ ।

5

महोत्सबमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुद्धारा प्रत्येक दिन सांस्कृतिक कार्यक्रम भईहरको छ । महोत्सव प्रवेशका लागि रु. ५० को टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीका लागि ३० र अशक्त तथा अपाङ्गका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

7

मिर्चैया नगरपालिका वडा ६ स्थित आजदेखि सुरु भएको महोत्सब फागुन ७ गतेसम्म चल्ने छ । रामनगर मिर्चैया उद्योग बाणिज्य संघका अध्यक्ष हरीशंकर साहको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पुर्बमन्त्रि बिश्बनाथ साह, धर्मनाथ साह, महेन्द्र पासमान, अजयशंकर नायक, संघिय सांसद लिलानाथ श्रेष्ठ, प्रदेश सांसद दिलिप साह, नेपाल उद्योग बाणिज्य महासघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष किशोर प्रधान, पशुपति मुरारका, एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पुर्बआईजिपी उपेन्द्रकान्त आर्याल लगायत जनप्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

8

प्रतिक्रिया दिनुहोस

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

मधेशमा लगानी गर्न उद ...

लाहान बैशाख ११ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१